Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विपदका बेला पालुङ बहुउद्देश्यीय सहकारीको सुपथ मूल्य पसल 

Pacos-1586230681.jpg

थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विपदका बेला सुपथ मूल्य पसल संचालनमा ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बेला उपभोक्ताहरु नठगिउन् भन्ने उद्देश्यले अतिआवश्यकीय खाद्यन्नको सुपथ मूल्य पसल शुरु गरिएको अध्यक्ष पुरुषोत्तम कार्कीले जानकारी दिए । 

थाहा नगरपालिकाको सिफारिसमा सहकारीले सुपथ मूल्य पसल संचालनमा ल्याएको सहकारीको लेखा समिति संयोजक अच्युतम प्रसाद ढकालले जानकारी दिए । सहकारीमा अन्यत्र भन्दा सुपथ मूल्यमा खाद्यन्न सामाग्री पाउने संयोजक ढकालले बताएका छन् । उनले भने–‘विपदका बेला नाफाका लागि भन्दा पनि आम उपभोक्ताको हितमा पसल संचालन गरिएको हो, यसबाट उपभोक्ताले लाभ महशुस गर्नु नै हुनेछ ।’

सहकारीले खाद्यन्न डिपोमा मूल्य सूची राखेको छ । सहकारीको उक्त खाद्यन्न डिपोबाट चामल, दाल, नून, तेल, आँटा लगायतको अति आवश्यकीय उपभोग्य बस्तु खरिद गर्न सकिने संस्थाले जनाएको छ । सहकारीले थोक विक्रि भन्दा पनि उपभोक्ता केन्द्रीत बिक्रि वितरणलाई प्राथमिकता दिने संयोजक ढकालको भनाइ छ । यद्यपि खुद्रा विक्रेताहरुले पनि खाद्यन्न किन्न भने पाउने संस्थाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०