Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विद्युत प्राधिकरण पालुङमा हातधुने व्यवस्था

ccccccc-1584887770.jpg

विश्वव्यापी फैलदै गएको कोरोना भाईरसबाट बच्न नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले कर्मचारी तथा  ग्राहकहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै साबुन पानीले हात धोएर मात्र कार्यालय प्रबेश गर्ने व्यवस्था गरेको छ ।

विद्युत प्राधिकरण धरै जनसम्पर्क हुने तथा अत्आवश्यक  सेवा अन्तर्गतको कार्यालय भएका कारण यस कार्यालयमा आउने कर्मचारी तथा सेवाग्राहीले सुरक्षित भएर दैनिक कार्य संचालन तथा सेवा प्रदान गर्न ग्राहक सहायता कक्ष समेत स्थापना गरिएको पालुङ वितरण केन्द्रका प्रमुख सन्तोष प्रसाद पन्तले जानकारी दिए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि सरकारले आईतबारबाट अत्याबश्यक सेवा बाहेक सबै  बन्द गर्ने निर्णय गरिसकेकोले पालुङ वितरण केन्द्रले पनि सामान्य जानकारी तथा सेवा कार्यालयको टेलिफोनबाट तथा  सहायता कक्षबाट लिन र जानकारी गराउन तथा विद्युत महशुल भुक्तानीको लागि अनलाईन प्रविधीबाट भुक्तानी गर्न अनुरोध गरेको छ  ।

ग्राहक सहायता कक्षबाट ग्राहकका सबै समस्या समाधान गर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले कार्यालय प्रवेश गर्दा मास्क लगाएरमात्र कार्यालय आउन पनि सबैमा अनुरोध गरोको छ 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०