Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत प्राधिकरण पालुङमा स्थानीयको डेलिगेसन, यस्तो भयो सहमति !

मकवानपुरको थाहानगर स्थित नेपाल विद्युत प्राधिकरण पालुङमा नगरको आग्रा क्षेत्र अन्तर्गत गोल्डुङ्गा, सल्ले र राम्चेको युवाहरू डेलिकेसन गएका छन् ।  विद्युत लाईन कमजोर भएका कारण विद्युत आपूर्ति नियमित नभएपछि आग्राको एक टोली प्राधिकरणमा डेलिगेसन गएको हो । 
दिनहुँ जस्तो हुने उक्त समस्याप्रति गम्भिर हुँदै थाहा ७, ८ र कैलाश गाउँपालिका ५ र ६ का युवाहरूको सहाभगितामा नेपाल विद्युत प्राधिकरण पालुङमा डेलिगेसन दिएका हुन् । थाहा नगरको वडा नं ७ को गैरीगाउँ र सल्ले राम्छे र थाहा ८ पुरै वडादेखि कैलाश ५ र ६ को बिधुत आपूर्तिमा भएको लापरवाहीका बिषयमा डेलिगेसन गएको हो । 

डेलिगेसन मार्फत नेपाल बिद्युत प्राधिकरणका प्रमुख सन्तोष पन्तले १० दिन भित्र अर्थात यहि साउन २४ गते भित्रमा डाँडावासमा प्राधिकरण कै एक जना कर्मचारी खटाइ बिद्युतमा हुने समस्याको निराकरण गर्ने प्रतिबद्धता ब्यक्त गरेको स्थानिय बिनायक गोलेले बताए । 

डेलिगेसन पश्चात उक्त प्रतिबद्धताको कार्यान्वयन नभएमा अर्को कदम चालिने डेलिगेसनमा सहभागीहरुले बताएका छन् । बिगतका दिन देखि नै डाँडावासमा लाइन काट्ने गर्नाले थाहा ८ र कैलाश गाउँपालिका ५ र ६ पुरै अन्धकार हुने गरेका छन् । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।