nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत प्राधिकरणको स्ट्रिङ अप्रेशन, विद्युतीय मोटर बरामद

Elect-1567316843.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले घरेलु मिलबाट १५ भाद्रमा विद्युतीय मोटर बरामद गरेको छ । 

प्राधिकरणले संचालन गरेको विद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत प्राधिकरणको चुहावट नियन्त्रण टोलीले लामो समयदेखि प्रयोग गरिरहेको विद्युत मिटर थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङबाट बरामद गरेको हो । पालुङ वितरण केन्द्रले वक्यौता नतिर्ने ग्राहकहरुको लाईन काट्ने र विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्र बनाएसँगै थाहानगरका विभिन्न क्षेत्रमा यस साता मात्र बक्यौता नतिर्ने ३ दर्जन ग्राहकको लाईन समेत काटि सकेको छ ।

अभियान अन्तर्गत प्राधिरकणले सबै ग्राहकको घरमा जडान भएका मिटरको अनुगमन गर्ने, डाईरेक्ट हुकिङ नियन्त्रण गर्ने र वक्यौता रहेका ग्राहकको लाईन काटी बाँकी वक्यौता अशुल उपर गर्ने पालुङ वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)