Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालीम

अन्तराष्ट्रिय प्राथमिक उपचार दिवसको पूर्व सन्ध्यामा रोट्रयाक्ट क्लब अफ मकवानपुरले माध्यामिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई एक दिवसीय तालिम तथा प्रशिक्षण दिएको छ ।

सेप्टेम्बर ९ तारिकमा पर्नेे अन्तराष्ट्रिय प्राथमिक उपचार दिवसको पूर्वसन्ध्यामा रोट्रयाक्ट क्लबले हेटौंडा ६ गौरीटार स्थित बालजागृती युवा बर्ष माविमा बिद्यार्थीहरुलाई एक दिने प्राथमिक उपचार तालिम तथा प्रशिक्षण दिएको हो । तालिममा बालजागृती, चन्द्रोदय माबि, जनप्रिय उच्च मावि, बँशगोपाल उच्च माबि, चुरीयामाई माबि र नबज्योती उच्च माबिका गरी २५ जना बिद्यार्थीको सहभागीता रहेको थियो । 

तालिममा रेडक्रस मकवानपुरका प्रशिक्षक रामजी खतिवडा र सुजन बिकले प्रशिक्षण दिएका थिए । रोट्रयाक्ट क्लब अफ मकवानपुरका अध्यक्ष बिजय पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष एवम् हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा तालिम संयोजक पुष्पराज अधिकारीले तालिमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो । कक्षामा पढेका प्राथमिक शिक्षा उपचार विधि तथा समाज र परीवारमा घट्ने विभिन्न घटनाहरुमा तत्काल उपचारका विधिहरु अपनाई व्यवहारमा उतार्न मद्दत पु¥याउने उद्धेश्यले तालिमको आयोजना गरेको कार्यक्रम संयोजक अधिकारीले बताए । कार्यक्रममा रोट्रयाक्ट क्लब अफ मकवानपुरका सचिव प्रमोद अर्याल, सृजना लामिछाने, प्रिया पौडेल र महेन्द्र रानामगरको सहभागीता थियो । तालिम पश्चात बिद्यार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०