nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विदाइ भए थाहा ३ र ४ निवर्तमान जनप्रतिनिधिहरु

bidai-copy-1653290379.jpg

थाहा नगरपालिकाका निवर्तमान् जनप्रतिनिधिहरु विदाइ भएका छन् । गत ३० बैशाखमा भएको स्थानीय तह निर्वाचनबाट आगामी ५ वर्षका लागि वडामा नयाँ जनप्रतिनिधिहरु आएपछि निवर्तमान जनप्रतिनिधिहरु विदाइ भएका हुन् ।

आज ९ जेठमा थाहाको शिखरकोटस्थित विकास घरमा आयोजित एक कार्यक्रममा नयाँ जनप्रतिनिधिहरुलाई स्वागतसहित निवर्तमान जनप्रतिनिधिहरुलाई विदाइ गरिएको हो ।

वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष राजेश केसीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सदस्य ज्योति रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ३ का नवनिर्वाचित वडा अध्यक्ष हिरेन्द्र रायमाझी र वडा नम्बर ४ का अध्यक्ष नारायण लामासहित सदस्यहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रायमाझी, नेकपा एमालेका नगर उपसचिब सुजनकुमार रायमाझी, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश विष्ट, नवनिर्वाचित वडा अध्यक्षद्वय, निवर्तमान वडा सदस्य इन्द्रजंग खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, शिखरकोट बजार व्यवस्थापन समितिका अध्यक्ष मनोज रायमाझी, पत्रकार शम्भु अधिकारी लगायतको उपस्थिति रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)