nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

वित्तिय संस्थामा पारदर्शिता अत्यावश्यक : डा. कंडेल 

Final-1539258071.jpg

नेपाल सरकार राष्ट्रिय योजना आयोगका अपाध्यक्ष डा. पुष्पराज कंडेलले जुनसुकै वित्तिय संस्थामा पारदर्शिता अत्यावश्यक हुने बताएका छन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभामा थाहा नगर आईपुगेका कंडेलल यस्तो बताएका छन् । सहरको सहकारीले भन्दा ग्रामिण क्षेत्रले सहकारीले न्यून आय भएकाहरुको जीवनस्तर उकास्न मद्धत पु¥याएको भन्दै अगामी दिन पनि देशको अर्थतन्त्रमा टेपा पुग्ने किसिमले काम गर्न सुझाब दिए । देशको अर्थतन्त्रको विकासमा सहकारीको मूख्य भूमिका हुने भन्दै बहुउदश्यीय नाम जस्तै काम पनि बहु क्षेत्रमा हुने पर्ने कुरामा जोड दिए । 

फरक प्रसंगमा डा. कंडेलले स्थानीय तह र प्रदेश तहमा दिगो विकास कसरी गर्न सकिन्छ भनेर लागिपरिरहेको र त्रिभुवन राजपथको खाल्डाखुल्टीको विषयमा सरकार समक्ष आवाज पुर¥याउने, थाहाको पर्यटन क्षेत्रको विकासको लागि पर्यटन मन्त्रालयसंग सहकार्य गर्ने बताए । 
थाहा नगरपालिका प्रमुख तथा कार्यक्रमका विशेष अतिथि लवशेर विष्टले सहकारी प्रतिको विश्वासबाट नै विकास सम्भव भएको बताए । सहरकारी उत्पादन, रोजगारी र समृद्धिसंग प्रत्यक्ष रुपमा जोडिए अगाडी बढ्नु आवश्यक रहेको औल्याए । त्यसै गरि सहकारीको धेरै तालिम लिएकाहरुले आफ्नो प्रमाण पत्र सजाएर राखेको प्रति गुनासो गर्दै तालिममा सिकेकाले उत्पादन गर्नुपर्ने र त्यसको बजार व्यवस्थापन थाहा नगरपालिकाले गर्ने बताए । थाहा नगरका उपप्रमुख खड्ग गोपालीले सहकारीले नाफामुलक भन्दा पनि रोजगारीमूलक, कृषि पर्यटनमा विशेष ध्यान दिनुपर्ने बताए । 
संस्थाका सचिव विष्णुप्रसाद ढकालले सञ्चालन गरेको सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लेखा समितिका संयोजक महेश्वर सुवेदी, नेपाल पत्रकार महासंघ ३ नं. प्रदेश अध्यक्ष प्रताप विष्ट, लगायत उमेश प्रसाद ढकाल, हरिकृष्ण कार्की, उर्मिला भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा सस्थाका उपाध्यक्ष सानोभई कार्कीले स्वागत गरेका थिए । 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।