nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वित्तिय प्रगतीमा मकवानपुरका नगरपालिकालाई गाउँपालिकाले उछिन्यो (कस्को प्रगती कति ?)

मकवानपुर जिल्लाका स्थानीयहरुहरुको समिक्षामा ९६.५ प्रतिशत वित्तिय प्रगती गर्दै बकैया गाउँपालिकाका उत्कृष्ट भएकोे छ ।

आर्थिक वर्ष २०७५/०७६ का लागि विनयोजित बजेट तथा कार्यक्रम अनुसार जिल्लाको ७ गाउँपालिकालाई टप्दै बकैया गाउँपालिका उत्कृष्ट वित्तिय कार्य सम्पादन गर्ने स्थानीय तह भएको हो । बकैयाको चालुतर्फ ३१ करोड ६६ लाख ९७ हजार वार्षिक बजेट रहेकोमा ३० करोड ३७ लाख ३९ हजार रुपियाँ खर्च गरेको छ भने पुँजीगततर्फ २४ करोड ४८ लाख ८८ हजार रुपियाँ बजेटमा २३ करोड ८१ लाख ९१ हजार रुपियाँ खर्च गरेको छ । बकैयाले चालुतर्फ ९५.९१ प्रतिशत र पुँजीगततर्फ ९७.९२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको हो । मकवानपुरमा ८ गाउँपालिका, १ उपमहानगरपालिका र एक नगरपालिका रहेको छ । बकैयाको यो वित्तिय प्रगती जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा बढि हो । यसर्थ बकैया जिल्लाकै उत्कृष्ट वित्तिय प्रगती गर्ने स्थानीय तह भएको छ । 

जिल्लामा गाउँपालिकापछि रहेका २ वटा नगरपालिकामा थाहा नगरपालिका वित्तिय प्रगतीमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । थाहाले हेटौंडालाई वित्तिइ प्रगतीमा उछिनेको छ । नगरपालिकाको वार्षिक बजेट तथा कार्यक्रमका लागि चालु तर्फ ५ करोड २० लाख ५९ हजार विनियोजन गरेकोमा ५ करोड १८ लाख ९४ हजार खर्च गरेको छ भने पुँजीगततर्फ ५६ करोड ३७ लाख १७ हजार रुपियाँ विनियोजन भएकोमा ५३ करोड २६ लाख ७६ हजार रुपियाँ खर्च गरेको छ । थाहाको चालु तर्फ ९९.६८ प्रतिशत र पुँजीगततर्फ ९४.४९ प्रतिशत प्रगती हासिल गरेको छ । समग्रमा थाहाको प्रगती प्रतिशत ९४.९३२ रहेको छ । यससंगै जिल्लाका स्थानीय तहहरु मध्ये थाहा दोस्रो र नगरपािलका तर्फ वित्तिय प्रगतीमा प्रथम भएको छ । राक्सििराङ गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा चालुतर्फ २३ करोड १४ लाख २७ हजार रुपियाँमा १९ करोड ३७ लाख १२ हजार रुपियाँ खर्च सहित ८३.७० प्रगति हासिल गरेको छ । पुँजीगततर्फ भने २४ करोड ६१ लाख ६८ हजार रुपियाँमा २० करोड ४५ लाख ८३ हजार रुपियाँ सहित ८३.११ प्रतिशत प्रगति हासिल गरेको छ । राक्सिराङले समग्र ८३.४० प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । 

आर्थिक वर्ष २०७५/०७६ का लागि विनयोजित बजेट तथा कार्यक्रम अनुसार जिल्लाको ७ गाउँपालिकालाई टप्दै बकैया गाउँपालिका उत्कृष्ट वित्तिय कार्य सम्पादन गर्ने स्थानीय तह भएको हो । बकैयाको चालुतर्फ ३१ करोड ६६ लाख ९७ हजार वार्षिक बजेट रहेकोमा ३० करोड ३७ लाख ३९ हजार रुपियाँ खर्च गरेको छ भने पुँजीगततर्फ २४ करोड ४८ लाख ८८ हजार रुपियाँ बजेटमा २३ करोड ८१ लाख ९१ हजार रुपियाँ खर्च गरेको छ । बकैयाले चालुतर्फ ९५.९१ प्रतिशत र पुँजीगततर्फ ९७.९२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको हो । मकवानपुरमा ८ गाउँपालिका, १ उपमहानगरपालिका र एक नगरपालिका रहेको छ । बकैयाको यो वित्तिय प्रगती जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा बढि हो । यसर्थ बकैया जिल्लाकै उत्कृष्ट वित्तिय प्रगती गर्ने स्थानीय तह भएको छ । 

मकवानपुर गढी गाउँपालिकाले चालुतर्फ २४ करोड ७२ लाख ६२ हजार रुपियाँमा २२ करोड ७३ लाख ४४ हजार रुपियाँ सहित ९१.९४ प्रतिशत प्रगती हासिल गरेको छ । पुँजीगततर्फ २४ करोड ३५ लाख १४ हजार रुपियाँ मध्ये १६ करोड १ लाख ६४ हजार रुपियाँ खर्च गर्दै ६५.७७ प्रतिशत प्रगती हासिल गरेको छ । मकवानपुगढीले समग्र ७८.९५ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । जिल्लाको भिमफेदी गाउँपालिकाले चालुतर्फ २६ करोड ६५ लाख १२ हजारमा २० करोड ६५ लाख ३४ हजार रुपियाँ खर्च गरी चालु तर्फ ७७.५ प्रतिशत प्रगती हासिल गरेको छ । पुँजीगत तर्फ १८ करोड ७४ लाख १९ हजारमा १४ करोड ४९ लाख ५ हजार खर्च गरी ७७.३२ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । भिमफेदीले समग्र वित्तिय प्रगति ७७.४२ प्रतिशत प्रगती हासिल गरेको छ । 

मनहरी गाउँपालिकाले वार्षिक बजेटमा चालुतर्फ २८ करोड ५४ लाख ९९ हजार रुपियाँमा २४ करोड ९३ लाख २९ हजार रुपियाँ खर्च सहित ८७.३३ प्रतिहत वित्तिय प्रगती हासिल गरेको छ । पुँजीगततर्फ भने २९ करोड ३१ लाख ९६ हजार रुपियाँमा १९ करोड ४९ लाख ९१ हजार रुपियाँ सहित ६६.५१ प्रतिशत प्रगती हासिल गरेको छ ।  मनहरीको कुल वित्तिय प्रगती ७६.७७ प्रशित  रहेको छ । मकवानपुरमा सबैभन्दा बढि वार्षिक बजेट रहेको स्थानीय तह हेटौंडा उपमहानगरपालिकाले चालु तर्फ योजना बनाएको १ अर्ब ११ करोड २३ लाख १२ हजार मध्ये ९७ लाख ३१ लाख २८ हजार रुपियाँ सहित ८७ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । त्यस्तै पुँजीगततर्फ ७६ करोड ६ लाख ६७ हजार रुपियाँ वार्षिक योजना रहेकोमा ४४ करोड ७३ लाख ८ हजार रुपियाँ सहित ५९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । हेटौंडाले समग्र ७५.८३ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

कैलाश गाउँपालिकाले चालुतर्फ २३ करोड ८३ लाख ७ हजार रुपियाँ विनियोजन गरेकोमा १७ करोड २५ लाख ३६ हजार रुपियाँ खर्च गर्दै ७२.४० प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ । पुँजीगततर्फ १८ करोड ९५ लाख २७ हजारमा १४ करोड १४ लाख २६ हजार रुपियाँ खर्च सहित ७४.६२ प्रतिशत प्रगती हासिल गरेको छ । कैलाशले समग्र ७३.३८ प्रतिशत प्रगती हासिल गरेको छ । इन्द्रसरोवर गाउँपालिकाले कुल ११ करोड ६२ लाख ५० हजार रुपियाँ वार्षिक बजेटमा ७ करोड ६४ लाख ४५ लाख खर्च गर्दै ६६ प्रतिशत प्रगति हासिल गरेको छ । जिल्लाको बागमती गाउँपालिकाको कुल ४६ करोड ८९ लाख ९५ हजार रुपियाँ वार्षिक बजेट तय भएको थियो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)