nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विकासे खेती रुपचन्द्रबाट : माननिय विडारी

DSC_0181-1529658040.jpg

 पालुङको बिकासे खेती रुपचन्द्रबाट सुरु भएको निवर्तमान सांसद तथा वरिष्ठ निवक्ता रामनारायण बिडारीले बताएका छन् । रुपचन्द्र बिष्टको १९ औं स्मृतिमा आयोजित राष्टिूय काव्य उत्सव २०७५ मा थाहा नगर आईपुगेका प्रमुख अतिथि तथा वरिष्ठ निवक्ता बिडारीले यस्तो बताएका हुन् । थाहामा हाल सम्म पनि विकासे खेती, विकास घर, विकासे चैर रहेको स्मरण गराउदै रुपचन्द्रले त्यस समयमा खेलेको भूमिकाको बर्णन गरे । विडारीले रुपचन्द्रका शालिकमा माल्यार्पण गर्दै उनी प्रति हार्दिक समवेदन प्रकट समेत गरे । ‘सत्य थाहा हुदा झुट नाश हुने’ भन्ने रुपचन्द्रको भनाईमा केन्द्रित रहेर उत्सव भएको हो ।

रुपचन्द्रद्धारा निर्मित थाहा नगरपालिका ३ को बिकास घरमा सञ्चालन भएको उत्सवमा ७ वटै प्रदेशका ३५ जिल्लाका ६२ जना कबिहरुले आफ्नो रचना बाचन गरेका थिए ।  कबिहरुले रुदाने, स्वरुपे, जनमुखी नेता लगायत अन्य नामले चिनिने रुपचन्द्र बिष्टको नाम र योगदान समेटिएका रचानाहरु वाचन गरेका थिए ।

कवि तथा सहित्यकारहरुले रुपचन्द्रको कथा, व्यथा, उनले फैलाएका सन्देशलाई रचना मार्फत बाचन गरेका हुन् । रूपचन्द्र विष्ट अराजकताले नछोएका पवित्र व्यक्ति भने थिएनन् । उनमा राम्रा नीतिको खानी थियो । थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषदको समन्वयमा उत्सव भएको हो । थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले सञ्चालन गरेको उत्सवमा थाहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजेश केसीले स्वागत गरेका थिए । 

कार्यक्रमको विषयमा पालुङ साहित्य परिषदका अध्यक्ष लक्ष्मण बर्तौलाले प्रष्ट पारेका थिए । उत्सव कार्यक्रम थाहा नगरपालिका प्रमुख लवशेर विष्टको सभाध्यक्षतामा भएको हो । 

फोटो : गणेश प्रसाद विष्ट



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।