Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विकासखबर दोस्रो वर्षमा प्रवेश

विकासखबर नेपाली डिजिटल पत्रिका १ असोज आइतबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । यो एक वर्षको अवधिमा हामीले स्थानीय विकासका सवालमा खबर, विचार र समाजमा गम्भीर असरपर्ने गरेको हेलेचेक्र्याई जस्ता  गम्भीर विषयमा सामाग्री बाँड्ने प्रयास गरेका छौँ । पाठकबाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौँ, जसले हामीलाई थप खारिन सहयोग भएको छ । हामीलाई सशक्त रुपमा अगाडि बढ्ने शक्ति दिएको छ । 

यो एक वर्षमा पाठक, शुभेच्छुक र विज्ञापनदाताले देखाएको विश्वास र सहयोगले हामीलाई अझै सशक्त रुपमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । दोस्रो वर्ष प्रवेशको अवसरमा हामीलाई विश्वास गर्ने पाठक र व्यावसायिक रुपमा अगाडि बढ्न प्रोत्साहित गर्ने व्यावसायी सबैलाई धन्यवाद दिन चाहन्छौँ।

एक वर्षअघि, आजकै दिन (१ असोज) सञ्चारको अत्याधुनिक माध्यमका रुपमा विकासखबर डटकम शुभारम्भ भएको थियो। यो छोटो समयमै विकासखबर लोकप्रिय अनलाइनका रुपमा स्थापित भएको छ। डिजिटल संवाद फोरमका रुपमा विश्वभर रहेका नेपालीलाई जोड्ने उद्देश्यमा हामीले अपेक्षा गरेभन्दा राम्रो सफलता पाएका छौँ।

पाठकको सुझाव र प्रतिक्रियालाई हामीले सधैँ मार्गदर्शनका रुपमा लिएका छौँ । विकासका सवाल, सम्वृद्धि, अर्थतन्त्रका  खबर र विचार सहित विकासखबर सधैँ तपाईंसँगै हुनेछ। साथै तपाइहरुकै मायाले अझ परिस्कृत गर्नेछौं । अडियो, भिडियो तथा फोटो प्रमाण सहितको समाचार दिएर हामी तपाईहरुलाई प्रकाशित समाचारको विश्वास दिलाउँछौं । हामी विकासखबरलाई मल्टिमिडियाको रुपमा विकास गर्ने खबर सुनाउन पाउँदा खुशी लागेको छ । विकासखबर डटकममा अहिले शान्तिपुर दैनिक, विकास खबरपत्रिका साप्ताहिक, अनइयरनेपाल डटकमलगायत पढ्न सकिन्छ ।

अहिलेको हाम्रो प्राथमिकता विकासखबरलाई व्यावसायिक रुपमा अझै बलियो बनाउने हो । हामी व्यावसायिकका नाममा आफ्नो सामाजिक उत्तरदायित्व कहिल्यै बिर्सदैनौं । विकासखबर अनलाइनले एक वर्ष पूरा गरेको अवसरमा हामी फेरि दोर्होयाउन चाहन्छौँ, सत्य–तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा हामी कसैसँग सम्झौता गर्ने छैनौँ। हामी र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति सधैँ प्रतिबद्ध रहने छौं ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०