Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

विकासका लागि कसैको मुख ताक्नु हुन्न ,मुख्यमन्त्री पौडेल

३ नम्बर प्रदेशका मुख्यमन्त्री पौडेलले आँखाका रोगीहरुको उपचारमा डाक्टरहरुले खेलेको भुमिकाप्रति खुशी ब्यक्त गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा निर्मित सामुदायिक आँखा उपचार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले छोटो समयमा पनि भवन निर्माणको काम सम्पन्न गर्न सफल भएकोमा नगरपालिकालाई धन्यबाद व्यक्त गरे । आगामी दिनमा पनि तिव्रगतिमा कामगर्न अनुरोध गर्दै पौडेलले प्रदेश सरकार सहयोग गर्न तयार रहेको बबताए । विकासका लागि हामीले कसैको मुख ताक्नु पर्दैन, हामीसगै प्रशस्त स्रोत र साधनहरु छन, तिनको प्रयोग गरेर जनस्तरबाटै विकासमा जोड गर्नु पर्छ उनले भने । थाहानगरपालिका कृषि र पर्यटनमा निक्कैनै अगाडी रहेको बताउँदै पौडेलले ती क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताए ।

सामुदायिक आँखा अस्पताल हेटौंडा, नेपाल आँखा कार्यक्रम र तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौंले सामुदायिक आँखा केन्द्रसंग समन्वय गरी आँखा सम्वन्धि धेरै समस्याहरुको यहिँ उपचार हुनेगरी केन्द्र सञ्चालनमा आएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

भिजन हिमालय फाउण्डेसनको सहयोगमा थाहा ३ मा सामुदायिक आँखा केन्द्रको भवन निर्माण भएको हो । भवन ४० लाखको लागतमा निर्माण सम्पन्न भएको हो भने भवन निर्माणका लागि थाहा नगरपालिकाले २ रोपनी १४ धुर जग्गा उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । चारकोठे आँखा केन्द्रको भवन निर्माणका लागि नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान बिच गत वैशाखमा सम्झौता भएको थियो । थाहा नगरपालिका का मेयर लवसेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, तिलगंगा आँखा अस्पतालका प्रमुख कार्याकारी अधिकृत डा। रीता गुरुङ, नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्य सिद्धीलाल श्रेष्ठ, भिजन हिमालयका कोषाध्यक्ष चन्त्याल बयार्डले बोलेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौला, हेटौंडा आँखा अस्पतालका प्रमुख डाक्टर सुनिल थकाली, पुर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश बिष्ट,थाहा उद्योग वाणिज्य सङका महासचिव सुरेन्द्रमान प्रधान लगायतको पनि आतिथ्यता रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०