Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वनकरियालाई ज्याकेट र सोलार

सांग्रलिका युवा नामक सामाजिक संस्थाले वनकरिया वस्तिमा ज्याकेट तथा सोलार बत्ति सहयोग गरेको छ । त्यसैगरी कक्षा ८,९,१० मा अध्ययनरत वनबरिया समुदायका ५ देखि कम उमेरका बालबालिकालाई १ सय २० थान ज्याकेट र वनकरिया समुदायका विद्यार्थीलाई २५ थान सोलार वत्ति सहयोग गरेको हो ।

२५ पौषमा स्थानिय अग्रज सुर्य बहादुर प्रजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांग्रीलाका युवाका केन्द्रिय महासचिव विवेक सांग्रिलाको युवाद्धारा वनकरियालाई ज्याकेट र सोलार प्रदान गरिएको थियो भने कोषाध्यक्ष राहुल देवान लगाएतले मन्तव्य व्यक्त गरेका थिए । काठमाडौं लगाएत देशका विभिन्न सहरहरुमा युवा परिचालन गरेर संकलन गरेको रकमले सहयोग गरेको सांग्रीलाका युवाका संस्थापक अध्यक्ष सुनिल चिमरियाले जानकारी दिए ।

सांग्रीलाका युवाले देश भरि नै विभिन्न पिछडीएको तथा निम्न वर्गिय क्षेत्रमा सहयोगको काम गरिरहेको चिमरियाले बताउनु भयो । मकवानपुरमा यस अघि पनि विभिन्न विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरेको सांग्रीलाका युवाका मकवानपुर अध्यक्ष नरेश भण्डारीले जानकारी दिए ।

अमृत चिमोरिया