nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वडा–वडामै पुगी जेष्ठ नागरिक सम्मान

    मकवानपुर थाहा नगरपालिकाका १२ वटै वडाका जेष्ठ नागरिकलाई सम्मान स्वरुप न्यानो सामाग्री िवतरण गरिएको छ । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यता तथा सामाजिक विकास समितिका अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा १ चैत्रबाट वडा नं. १ मा वितरण सुरु गरिएको हो । उम प्रमुख खड्ग गोपालीको विशेष आतिथ्यता, थाहा नगरपालिका प्रशासन तथा सामाजिक विकास शाखा संयोजक अनिल लामिछाने, सामाजिक विकास समितिका उप संयोजक विष्णुबहादुर गुरुङ, सदस्य दिपेन्द्र कुमार थिङ लगायतको आतिथ्यतामा वितरण कार्यक्रम भएको हो । बाँकी पृष्ठ ४ मा थाहा नगरपालिकाको नगरसभाबाट पारित भएको जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत १२ वटै वडाका जेष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण गरेको हो । प्रति वडा १० जनाका दरले जेष्ठताको आधारमा जेष्ठ नागरिकलाई फाईबर सिरक थर्मस र लठ्ठी वितरण गरिएको सामाजिक शाखाका संयोजक अनिल लामिछानेले जानकारी दिए । वडा नं. १, २, ३ र ४ मा चैत्र १ गते, वडा नं. ५,९, र १०, मा २ गते, वडा नं. ६,११ र १२ मा ४ गते र वडा नं. ७ र ८ मा ५ गते न्यानो सामाग्री वितरण गरिएको हो । वडा नं. १ मा सबै भन्दा जेष्ट नागरिक ९२ वर्षिय रत्नबहादुर प्रधान, २ मा ८५ वर्षिय चन्द्र कुमारी नापित, ३ मा ९० वर्षिय रामजी रायमाझी, ४ मा ८९ वर्षिय गोमा अधिकारी, ५ मा ८९ वर्षिय खडानन्द विडारी, चतुरमायाँ थोकर रहका छन् । त्यसैगरि वडा नं. ७ मा ९२ वर्षिय सुनमायाँ थिङ, वडा नं. ८ मा ८३ वर्षिय धन बहादुर थापा, वडा नं. ९ मा ९४ वर्षिय भरत बहादुर विश्वकर्मा, वडा १० मा ९८ वर्षिय हर्कमान स्याङ्तान, वडा ११ मा ९८ वर्षिय ठूली रुम्बा र वडा नं. १२ मा ९८ वर्षिय साईली थिङ रहेका छन् । आगामी वर्षमा थप प्रभावकारी रुपमा नागरिकलाई सम्मान गर्ने सामाजिक शाखा प्रमुख लामिछानेले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)