Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लोप हुँदै पालुङको लक्ष्मीश्वर मन्दिर मेला

मकवानपुर थाहा नगरपालिका वडा नं. २ मा रहेको लक्ष्मीश्वर मन्दिरबाट दीप जगाएर घरसम्म पु¥याइ तिहारमा लक्ष्मी भित्र्याउने चलन लोपोन्मुख अवस्थामा पुगेको छ । पाथीभरा डाँडाको रुपमा परिचित लक्ष्मीश्वर मन्दिरमा बालेको बत्ती ननिभाइ घर पु¥याउँदा घरैमा लक्ष्मी जाने अहिले पनि विश्वास गरिन्छ ।

वर्षेनी दीपावली लक्ष्मी पुजाको दिन लक्ष्मीश्वर पुग्नेहरुको संखया घट्दो अवस्थामा रहेको पालुङका मधुकर विक्रम श्रेष्ठले जानकारी दिए । पहिले पहिले पालुङ शहरबाट नेवारी बाजागाजा सहित लक्ष्मीश्वर मन्दिरमा स्थानीयहरु पुगेछपछि गाउँभरीका मानिसहरु जम्मा हुन्थे अहिले मन्दिर पुग्नेको संखया ज्यादै न्यून छ, श्रेष्ठले भने । 

अझै पनि पालुङबाट पालुङ साँस्कतिक सम्पादा समितिले पनिनेवारी बाजागाजा सहित लक्ष्मीश्वरी मनिदर जाने चलन रहेको छ । यसवर्ष पनि थोरै संख्यामा भएपनि उक्त मन्दिरमा मेला लागेको मन्दिर संरक्षण समितिका अध्यक्ष माधव कार्कीले जानकारी दिए । पुराना पुस्ता बित्दै गएको र नयाँ पुस्तामा यसको महत्व नबुझेका कारण वर्षेनी लक्ष्मी पुजाको दिन भक्तजनको संख्यामा कमी आएको अध्यक्ष काकीृले बताए ।   
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)