Monday, 24th August, 2026
वि.स.

लोक सेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन

lok-sewa.jpg1601034289-1604506309.jpg

लोक सेवा आयोगले रा.प. प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव)को दरखास्त स्थगित गरेको छ।

तह ११ र ९ औं का बढुवा तथा खुला सबै विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगित गरिएको लोक सेवाले बुधबार सूचना निकालेर जानकारी दिएको हो।

आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन वटा अल्पकालीन आदेश जारी गरेकोले त्यसको कार्यान्वयन गर्न दरखास्त स्थगित गरिएको हो।

कोरोनाभाइरस महामारीका कारण लोक सेवाले गत चैतदेखि परीक्षा लिन सकिरहेको छैन।

महामारीका बीच परीक्षा लिने गरी मापदण्ड बनाए पनि उक्त मापदण्डअनुसार कोरोना संक्रमितले संक्रमणकै अवस्थामा आयोगको परीक्षाबाट बञ्चित हुनुपर्ने देखिएपछि सर्वोच्चले संक्रमितलाई पनि परीक्षा दिन सक्ने गरी व्यवस्थापन गर्न अन्तरिम आदेश दिएको थियो।

आयोगले अर्को सूचना नभएसम्मका लागि विज्ञापन रोकेको हो। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०