Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लेखा प्रमुख कार्कीको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

sss-1576223298.jpg

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रमा कार्यालयका स्वर्गिय लेखा प्रमूख संजीब कुमार कार्कीको १३औं पुण्य तिथीको दिन २७ मंसिरमा वितरण केन्द्र कार्यालयमा श्रद्घाञ्जली सभा गरिएको  छ । 

कार्यालयका कर्मचारीहरुको उपस्थितीमा गरिएको श्रद्घाञ्जली सभामा बोल्दै वितरण केन्द्रका प्रमूख सन्तोष प्रसाद पन्तले स्वर्गिय कार्कीले कार्यालयमा पु¥याउनु भएको सकारात्मक योगदान रहेको बताउँदै रहँदा बस्दाका सम्झनाको चर्चा गरेका थिए ।  श्रद्घाञ्जली सभामा स्वर्गिय कार्कीको सम्झनामा मौन धारण गर्नुका साथै तस्विरमा माल्यापर्ण गरिएको थियो । 

पालुङ वितरण केन्द्रमा लेखा प्रमूख पदमा कार्यरत ४४ वर्षीय कार्कीको २०७६ मंशिर १५ गते उपचारका क्रममा दिल्लीमा अल्पआयुमै  निधन भएको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०