nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लेकालीलाई आवासिय विद्यालय बनाउन जापानी सहयोग

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा रहेको लेकाली बसिफाँट माविलाई पूर्ण आवासिय विद्यालय बनाउनको लागि जापानी राजदुतावासले सहयोग गर्ने सम्झौता भएको छ । 

विद्यालयलाई पूर्ण आवासिय विद्यालय निर्माणको लागि विभिन्न सहयोग अभियान संचालन भैरहेको बेला जापानी राजदुतावासले १ करोड जापानी यन सहयोग गर्ने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाले जानकारी दिए । एकवर्ष भित्रमा १२ कोठा छात्राबास, डाइनिङ तथा शौचालय सहितको दुईतले भवन निर्माण गर्ने गरी १४ असोजमा जापानी राजदुतावास काठमाण्डौंमा  सम्झौता भएको अध्यक्ष लामाले बताए । सम्झौतामा जापानी राजदुतावासको तर्फबाट युजो योशिओकाले र विद्यालयको तर्फबाट प्रधानाध्यापक लड्डुलाल मण्डलले हस्ताक्षर गरेका छन् । 

सहयोग सम्झौता कार्यक्रममा अध्यक्ष लामा, प्रधानाध्यापक मण्डल, जाइटी नेपालका सल्लाहकार भिमलाल गुरुङ, व्यवस्थापक श्री बहादुर केसी, शिक्षक अभिभावक संघका अध्यक्ष सीताराम मोक्तान, शिक्षासेवी सीताराम रुम्बालगायतको उपस्थिती रहेको थियो । 

यसैबीच विद्यालयलाई आवासिय विद्यालय बनाउनको लागि लायन्स क्लब भुटनदेवीको समन्वयमा पनि बेलायतबाट भवन निर्माणको लागि सहयोग गर्ने भएको छ । विद्यालयमा १ करोड ३५ लाखको लागतमा निर्माण गर्न लागिएको छात्रावास भवनका लागि सहयोग गर्ने भएको अध्यक्ष लामाले बताए ।

त्यस्तै दशैलगतै केही विद्यार्थीहरुलाई आवासिय कार्यक्रम शुरु गर्नका लागि आवश्यक पूर्वाधार विकासमा नेपाल इज नामको अन्तरािष्ट्रय गैर सरकारी संस्थाले पनि सहयोग गरिरहेको लामाले बताए । सो संस्थाले अहिले विद्यालयमा रहेको छात्रावासको भवनमा फर्निचर लगायतको सामाग्री तयार गरिरहेको छ । संस्थाले विद्यालयमा ८ कोठे शौचालय निर्माण गरिसकेको छ । 

करिब चासय विद्यार्थी अध्ययनरत् लेकाली बसीफाँट माविलाई पूर्ण आवासिय विद्यालय बनाउने अभियानमा भिमफेदी गाउँपालिकाले पनि हालसम्म १३ लाख रुपियाँ सहयोग गरिसकेको विद्यालयले जनाएको छ । वि.सं. २०४९ सालमा जाइटी नेपालको सहयोगमा स्थापना भएको सो विद्यालयमा शत् प्रतिशत तामाङ तथा जनजाति विद्यार्थीहरु अध्ययन गर्दछन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)