Saturday, 24th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

लेकाली बसिफाँटकाे अभिभावक भेला, व्यवस्थापन समिति पुनर्गठन

FB_IMG_1636892494991-1636892799.jpg

थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाका विद्यार्थीहरुलाई सेवा प्रदान गरिरहेकाे लेकाली बसिफाँट माविकाे अभिभावक भेला सम्पन्न भएकाे छ । 

२८ कात्तिकमा विद्यालयमै  भेला आयाेजना गरिएकाे विद्यालयका प्रधानाध्यापक एल . एल. मण्डलले जानकारी दिए । 

भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाकाे प्रमुख आतिथ्यतामा भेला सम्पन्न गरिएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि रानाले सबैकाे सकारात्मक याेगदानबाट विद्यालयलाई विद्यालयजस्ताे बनाउन सकिने र बालबालिकाकाे भविष्यकाे रेखा काेरिने बताइन् । 

व्यवस्थापन समिति अध्यक्ष विनाेदकुमार लामाकाे अध्यक्षतामा भएकाे भेलामा गाउँपालिका शिक्षा संयोजक गाेविन्दप्रसाद चाैलागाइ, जाइटी नेपालका प्रवन्धक श्रीबहादुर केसी, अभिभावक शिवराज रुम्बा, सीताराम रुम्बा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने आमन्त्रितहरुलाई विद्यालयका प्रअ मण्डलले स्वागत गरेका थिए । 

कार्यक्रममा साँस्कृतिक प्रस्तुतिसमेत रहेकाे थियाे । 

विव्यस पुनर्गठन
यसैबीच साेही अभिभावक भेलाले अभिभावककाे तर्फबाट ४ जना छनाेट गरी विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेकाे छ । 

समितिमा अभिभावककाे तर्फबाट भरत रुम्बा, डेनीलाल श्रेष्ठ, बिनु रुम्बा र सम्झना गाेले रहेका छन् । 

त्यसैगरी बुद्धिजीवी/शिक्षाप्रेमीकाे तर्फबाट विनाेदकुमार लामा, महिला सदस्य बिष्णुमाया रुम्बालाई समितिमा मनाेनित गरिएकाे छ  ।

समितिमा वडाध्यक्ष प्रकाश पुडाशैनी पदेन सदस्य रहेका छन् भने सदस्य सचिवमा प्रअ  मण्डल छन् । शिक्षा नियमावली अनुसार अब समितिकाे बैठक बसेर अध्यक्ष चयन गरिने प्रअ मण्डलले जानकारी दिए । 

साे विद्यालयमा यसअघि विनाेदकुमार लामाले ९ वर्ष विद्यालय व्यवस्थापन समिति अध्यक्षकाे जिम्मेवारी सम्हालिसकेका छन्। 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg