Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लेकाली बसिफाँटलाई कम्प्युटर सहयोग

मकवानपुर भिमफेदी गाउँपालिका वडा नंं ९ मा रहेको लेकाली बसिफाँट माध्यमिक विद्यालयलाई १० थान डेस्कटप, ३ थान ल्यापटप कम्प्युटर तथा केही खेल सामाग्री प्राप्त भएको छ ।

अमेरिकी संस्था सिटि किडसले उक्त सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको हो । भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यमा २ पौषमा विद्यालयमा भएको कार्यक्रमका अवसरमा सामाग्री हस्तान्तरण गरिएको हो । 

लेकाली बसिफाँट माविलाई जग्गा दान गर्ने तिन्जिङ लोप्साङ शेर्पाको नाति साङ्गे पोल्देन शेर्पाको समन्वयमा दाताहरु विद्यालय पुगेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा स्रोत ब्यक्ती गोबिन्द चौलागाई, प्रधानअध्यापक एलएल मण्डल, अभिभावकहरु, विद्यार्थी तथा शिक्षाप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो अवसरमा विद्यालयका बालबालिकाहरुले साँस्कृति कार्यक्रमहरु समेत देखाएका थिए । 

कार्यक्रमको अवसरमा दातालाई विद्यालयको तर्फबाट मायाको चिनो तथा सम्मान पत्र प्रदान गरिएको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०