nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लियो क्लब अफ भुटन देवीको सक्रियत बढ्यो

लियो क्लब अफ भुटन देवी हेटौडाको आयोजना तथा जिल्लाका सम्पूर्ण लियो क्लबलको सहभागितामा ६ असोजमा भुटनदेवी मन्दिर परिसर सरसफाई गरिएको छ । गोल्डेन स्टार इन्टरटेन्मेन्ट गु्रप र हेटौँडाका क्षेत्र नं २ का सम्पुर्ण लियो क्लबहरुको संयुक्त आयोजनामा यही असोज १४ गते हेटौँडामा ‘शिक्षाका लागि संगित’ भन्ने नाराका साथ बृहत साँस्कृतिक कार्यक्रमको पूर्व सन्ध्यामा भुटनदेवी मन्दिर परिसर सरसफाई गरेको हो ।
सम्पूर्ण क्लवका पदाधिकारी तथा लायन्सका गरी करिब ४० जनाको संख्यामा रहेको टोलीले मन्दिर परिसरमा रहेको झाडीको सरसफाई, फोहोर र प्लाष्टिक जन्य वस्तुको व्यवस्थापन गरेको थियो । वर्षाको समयमा मन्दिर परिसरमा झाडी बढेकाले सरसफाई गरिएको र बृहत साँस्कृतिक कार्यक्रमको प्रचार प्रसार गर्नको लागि समेत यस सामाजिक कार्यले टेवा पुग्ने हेतुले सरसफाईको आयोजना गरिएको कार्यक्रमको सभाध्यक्ष तथा लियो क्लब अफ भुटन देवी हेटौडाको अध्यक्ष अर्जुन लामिछानेले बताए । 
धार्मिक एवं ऐतिहासिक महत्व वोकेको उक्त मन्दिर सरसफाई अभियानमा सिनियर डिस्ट्रक एडभाईजर राम क्षेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले मकवानपुरको ऐतिहासिक मठ, मन्दिरको संरक्षण कार्यमा लियो क्लवहरुले देखाएको चासोलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रमुख आथिति समेत रहेका क्षेष्ठले लियो क्लव सामाजिक क्षेत्रमा काम गर्ने संस्था भएको बताउँदै आफुले सक्दो सहयोग गर्ने  प्रतिवद्धता समेत जनाए । 
शिक्षा स्वास्थ्य, खेलकुद, साहित्य, लगाएत अन्य सामाजीक सेवा गर्ने लक्ष्य राखी लियो क्लव अफ भुटनदेवी गठन गरि सोहि अनुसार काम गर्दै आइरहेको लियो क्वल अफ भुटन देवि हेटौडाका जन सम्र्पक अधिकृत रुपक कालिराजले बताए । लियो क्वल अफ भुटन देवी हेटौडाका जिविका विडारीको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा हेटौडाका सम्पूर्ण लियो क्लवका सदस्यहरुको सहभागिता रहेको थियो ।
गत २०७२ सालमा गएको विनाशकारी भुकम्पमा परी पिडित भएका विद्यार्थीहरुको छात्रवृत्ती एवं अन्य सहयोगको लागि साँकृतिक कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक किशोर कुमार टण्डनले बताए । यस कार्यक्रमलाई सफल तथा भव्य रुपमा सम्पन्न गर्नको लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउनु भयो । यसै कार्यक्रमको प्रचार प्रसार अन्र्तगत भोलि ७ गते ओम वृद्धा आश्रममा खाद्यान्न तथा फलफुल वितरण र पर्सि ८ गते रत्तदान कार्यक्रम रहेको टण्डनले बताए ।
यस अघि स्लो वाइक रेस कार्यक्रम सम्मन्न गरिसकेको छ । मकवानपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा हुने उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु द एक्स व्याण्ड , सुगम पोख्रेल , शिव परियार, गिरिश खतिवडा, मेलिना राई, बद्रि पंगेनी, कोशीस क्षेत्री, डिजे असिम र स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । 
-रुपक कालिराज/हेटौडा