Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लियो क्लब अफ पिस थाहानगरको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम

555-1578368047.png

लियो जिल्ला परिषद ३२५ बि १ नेपाल अन्तर्गत लियो क्लव अफ पिस थाहानगरले आफ्नो स्थापना दिवसको अवसर पारेर सप्ताह व्यापी कार्यक्रम संचालन गरेको छ । लियो क् ल्बले १४ पोषबाट थाहानगरमा सप्ताह व्यापी कार्यक्रम संचालन गरेको हो । 

सप्ताहव्यापी कार्यक्रम अनुसार पालुङको सरस्वती आधारभुत विद्यालय थाहा–२, अगांरेमा समुद्घाटन, तथा पुस्तकालय स्थापना गरेको छ । त्यस्तै १५ पौषमा जनकल्याण माध्यामिक विद्यालय थाहा नगरपालिका ३ मा माध्यामिक बिद्यालय स्तरिय ‘पर्यटन पुर्वाधार, देश विकासको आधार’ विषयक  निवन्ध लेखन प्रतियोगिता भएको छ । प्रतियोगितामा पालुङ ईङलिस स्कुलकी अस्मीता थापा प्रथम भइन् भने जनकल्याण मा.वि की  कृती थोकर द्वितीय र पालुङ ईङलिस स्कुलकी बिनिता स्याङतान तृतीय भएको लियो क्ल्बले जानकारी दिएको छ ।  १६ पौषमा थाहा नगरपालिका ३ शिखरकोटमा नेपाली टोपी दिवस प्रभात फेरी कार्यक्रम संचालन भएको थियो भने १७ पौषमा पालुङ बहुमुखी क्याम्पसमा   ‘उद्यमशिलता विकास, आर्थिक संवृद्धिको आधार’ विषयमा निवन्ध लेखन प्रतियोगिता भएको थियो । प्रतियोगितामा जनकल्याण मा.वि की  रोहिणी स्याङतान  प्रथम भइन् भने पालुङ बहुमुखी क्याम्पसका राकेश प्रधान द्वितीय र जनकल्याण मा.वि की  सोफीया बस्नेत तृतीय भइन् । 

सप्ताहव्यापी कार्यक्रमाको पाँचौ दिन १८ पौषमा जनकल्याण माद्ययामिक विद्यालय थाहा नगरपालिका ३ मा  भएको हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण मा.वि. प्रथम भयो भने पालुङ ईङलिस स्कुल द्वितीय र मत्स्य नारायण मा.वि. तउतीय भएको थियो । १९ पौषमा जनकल्याण माद्ययामिक विद्यालयमा भएको हस्त लेखन प्रतीयोगितमा भने झम्केश्वरी मा.वि. का निश्चल तमाङ प्रथम भएका थिए भने मत्स्य नारायण मा.वि. की सामाना स्याङतान द्वितीय र पालुङ ईङलिस स्कुलकी अंकिता कार्की तृतीय भइन् । 

लियो क्लबले २० पौषमा एक समारोहकाबीच सप्ताहव्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को सभाहलमा भएको कार्यक्रमको अवसरमा गरीव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षीक सामाग्री वितरण गरिएको थियो ।

लियो अनन्त ढकालको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी लायन्स क्लब अफ पिस खानीखोलाका पुर्व अध्यक्ष लायन भरत गोपाली रहेका थिए । कार्यक्रममा जिल्ला परिषद ३२५ बि १ नेपाल को रिजन ७ को संयोजक लियो प्रबिन कुवंरको विशेष आतिथ्यता रहेको थियो भने लायन सुरेन्द्रमान प्रधान, लनयन बिक्रम के.सी, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका ३५ गरीब तथा जेहेन्दार बिद्यार्थीलाई शैक्षिक समाग्री बितरण गरीएको थियो ।       

मनिषा बस्नेतको संयोजकत्वमा भएको कार्यक्रमको अवसरमा लियो अनन्त ढकालले जनकल्याण मा.वि की  रोहिणी स्याङतानलाई प्रत्शाहन गर्दै मायाको चिनो र  शैक्षिक सामाग्री बितरण गरेका थिए ।