nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लालीगुराँस फाउंडेशन संस्था स्थापना

15644885_1656710481295987-1482042641.jpg

सामाजिक सहयोगका उत्तरदायी हातहरु भन्ने मूल नाराको साथ समाजमा भएका महिला हिंसा, प्राकृतिक प्रकोप, द्वन्द पीड़ित बालबालिका, बातबरणीय बिनास, तथा सड़क बालबालिकाहरुको समस्याको सहयोगार्थ पीड़ितहरूकाे घाउलाई मलमपट्टी लगाउने उदेश्यले लालीगुराँस फाउंडेशन चितवन नेपाल भन्ने संस्थाको स्थापना भएको छ । उक्त संस्था उद्घाटनको सु-अबसरमा सहरी इलाकाको नजिक रहेर पनि धेरैको आँखा पुग्न नभ्याएको "हर्क आत्म निर्भर अनाथ आश्रमका बालबालिकाहरु लाई शैक्षिक सामग्री बितरण गरिएको छ l उक्त कार्यक्रमको प्रमुख अतिथिमा चितवन अपांग समन्वय समितिका अध्यक्ष श्री भरतमणि भट्ट ज्यु र विशिष्ट अतिथिमा आश्रमका संचालक श्री रामु के.सी थिए ।

लालीगुराँस फाउंडेशन चितवनका अध्यक्ष श्री लक्ष्मी न्यौपानेले अध्यक्षतता गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन सीता अधिकारीले गर्नु भयको थियो l यसै गरी कार्यक्रममा सहभागी सदस्यहरुको तर्फ बाट संस्थाका कोषाध्यक्ष र कार्यक्रम संयोजक रमेश दुवाडी ले सामाजिक सुधारमा निःस्वार्थ भाबले लाग्ने गरी संस्थाको स्थापाना गरिएको र यो कार्यमा सबैको साथ रहने भन्दै आफ्नो मन्तब्य राख्नु भयको थियो l यस्तो कार्यक्रम बाट आफुलाइ ठुलो राहत मिलेको भन्दै आश्रममा आस्रित बालबालिकाहरुले खुसी ब्यक्त गरेका थिए ।