nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लायन्स थाहाकाे इतिहासमा पहिलाेपटक महिला अध्यक्ष, इतिहास रचिन् राममायाले

IMG_20210719_183752-1626699603.jpg

लायन्स क्लव अफ थाहा पिसले इतिहासमा पहिलाेपटक महिला अध्यक्ष पाएकाे छ । 

४ साउनमन होटल फेमेलीमा भएको संस्थाकाे साधारणसभाले राममाया खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

वर्ष २०२०/२०२१ का अध्यक्ष उद्दव बिडारीको सभाध्यक्षतामा सम्पन्न साधारणसभाले प्रथम उपाध्यक्षमा जयराम खत्री, दृतीय उपाध्यक्षमा निरज रायमाझी निर्वाचित गरेकाे छ । 

लगत्तै  नवनिर्वाचित अध्यक्ष राममाया खत्रीले सचिवमा सत्यदेवी स्याङ्तान र कोषाध्यक्षमा सुमन विष्टलाई मनोनित गरेकी छन् ।

सल्लाहकार तथा निवर्तमान रिजन चियरपर्सन भरत गोपालीको प्रमुख आतिथ्यतामा भएको सभामा संस्थापक अध्यक्ष सुरेन्द्रमान प्रधान, पूर्व अध्यक्ष बिक्रम केसीले शुभकामना व्यक्त गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)