Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लायन्स क्लव अफ मनहरीमा पुलामी

21297702_1021329076027990-1504312902.jpg

मनहरीमा शुक्रबार लायन्स क्लव अफ मनहरी गठन गरिएको छ । क्लवको अध्यक्षमा होमराज पुलामी मगरको अध्यक्षतामा क्लव गठन भएको हो । 
प्रथम उपाध्यक्षमा प्रकाश बर्ताैला, द्वित्तीय उपाध्यक्षमा पद्मराज बर्ताैला र तृत्तीय उपाध्यक्षमा नुरोज पौडेल चयन भएका छन् । त्यसैगरी सचिवमा सगुन स्याङ्तान, कोषाध्यक्षमा शिवशंकर स्याङ्तान, सहसचिवमा राजन मैनाली र सहकोषाध्यक्ष किशोर सुवेदी रहेका छन् । 

निर्देशकहरुमा गोविन्द पौडेल, सन्तबहादुर थिङ, हरिचन्द्र शाही र शिवकुमार रिजाल रहेका छन् । त्यसैगरी रिपोर्टिङ अफिसर समिप श्रेष्ठ, टेल ट्वीस्टर शालिकराम बानियाँ र जिन्सी संयोजकमा सुदर्शन उप्रेती रहेका छन् । 

नवगठित क्लवका अध्यक्ष पुलामीसहित टोलीलाई समाजसेवी नरबहादुर पुलामी र नारायण उप्रेतीले बधाई तथा शुभकामना दिएका थिए । अध्यक्ष पुलामीले सामाजिक काममा लाग्नका लागि लायन्स क्लव एउटा साझा मञ्चको रुपमा उभिएको बताए । 
 



https://thahatimes.com/public/images/users/57504215_2285399481780456-1574914323.jpg

मनोज तितुङ

titungmanoj@gmail.com