Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लकडाउन उलंघन गर्ने ३ सय सवारी र ७४ यात्रु मकवानपुर प्रहरी नियन्त्रणमा

lockdown-1585991178.jpg

 मकवानपरमा लकडाउनको उलंघन गर्ने तीन सय वटा भन्दा वडी सवारीका साधन प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको ११ दिन सम्ममा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट लकडाउनको उलंघन गर्ने सवारीका साधन नियन्त्रणमा लिइएको हो ।

लकडाउन उलंघन गर्ने ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाइ वुझाइ छाडेको छ । लकडाउनमा घरमा वस्नुपर्ने समयमा घरबाहिर सडकमा निस्कीएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए।

लकडाउनको ११ दिन सम्मको अवधिमा ३ सय १२ वटा सवारीका साधन नियन्त्रणमा लिएर अधिकांस सवारीका साधन प्रहरी कार्यालयमै राखिएको उनले वताए । प्रहरीले सवैभन्दा वडी मोटरसाइकल, कार, टेयाक्टर लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको पाठकले वताए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

lockdown-1585991184.jpg