Monday, 14th September, 2026
वि.स.

लकडाउन उलंघन गर्ने साढे १३ सय सवारी मकवानपुर प्रहरी नियन्त्रणमा

lockdown-1586938275.jpg

 मकवानपुरमा लकडाउनको उलंघन गर्ने सवारीका साधनलाई प्रहरीले दिनहुँ नियन्त्रणमा लिएको छ । लकडाउनको समयमा पनि सवारीका साधन चलाएको भन्दै मकवानपुरको हेटौंडा लगायत विभीन्न स्थानीय तहबाट प्रहरीले सवारीका साधन नियन्त्रणमा लिएको हो । बिशेषगरी सवै भन्दा वडी हेटौंडाबाट सवारीका साधन नियन्त्रणमा लिइएको छ ।

लकडाउनको २३ औं दिनसम्म प्रहरीले एक हजार ३ सय ४९ वटा सवारीकास साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए। यो अवधिमा सबै भन्दा वडी मोटरसाइकल, कार, अटो, मयुरी, ट्याक्टर लगायतका सवारीका साधन नियन्त्रणमा लिइएको हो ।

लकडाउनको उलंघन गर्दै सडकमा निस्कने ९५ जनालाई नियन्त्रणमा लिएर छाडिएको पाठकले वताए ।लकडाउनको समयमा सडकमा निस्केको भन्दै नियन्त्रणमा लिएर छाडिएको प्रहरीले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

lockdown-1586938276.jpg






Thaha-002-1774415222.gif