Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

लकडाउनको समयमा इन्द्रसरोवरका नागरिकले भोगमरी झेल्न नपर्ने
३१ वटा मुख्य स्टोर रहेको किराना पसलहरुमा अनुगमन

IMG_5226-1585973200.JPG

इन्द्रसरोवर गाउँपालिकाको ५ वटै वडामा बजार अनुगमन गरिएको छ । गाउँपालिकाले बुधबार देखि सुरु गरेको बजार अनुगमनबाट गाउँपालिका भित्रका ५ वटै वडाहरुका ३१ वटा मुख्य मुख्य स्टोर रहेको किराना पसलहरुमा रहेको खाद्यान्नको मौज्दान बारे जानकारी लिइएको छ । ५ वटै वडाको मौज्दातको शनिबार सम्ममा प्रतिवेदन तयार गरिने निरिक्षण तथा अनुगमन समितिका सचिब मिलन न्यौपानेले बताउनु भयो ।

लकडाउनको समयमा गाउँपालिका भित्र खाद्यान्नको समस्या नहोस र नागरिकले भोगमरी झेल्न नपरोस भन्ने उदेश्यले गाउँपालिकाको प्रत्येक वडामा रहेको मुख्य मुुख्य पसलहरुमा के कति खाद्यान्न मौज्दात रहेको छ ? भन्ने जानकारी लिईएको थियो । प्राप्त मौज्दातको प्रतिवेदन आएपछि गाउँपालिकाले उक्त पसलहरुमा आपुर्तिको व्यवस्थालाई सहजता प्रदान गर्न समन्वय गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताउनु भयो । 

गाउँपालिका भर गरिएको अनुगमन अनुसार गाउँपालिकामा तत्काल खाद्यान्नको अभाव हुने अवस्था नरहेको अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष उमा कुमारी लामाले बताउनुु भयो । मुुख्य मुख्य किराना पसलहरुमा करिब २ हप्तासम्म पुुग्ने खाद्यान्नको मौज्दात रहेको पाइएको छ । यदी खाद्यान्न अभाव हुने देखिएमा दर्ता नभएका पसलहरुले खाद्यान्न आपूर्ति गर्न नसक्ने भए पनि दर्ता भएका पसलहरुले  वडा तथा गाउँपालिकाको सिफारिस लिएर आपूर्ति व्यवस्था सहज बनाउन सक्ने अनुुगमन समितिका संयोजक लामाले बताउनु भयो । अनुगमनको समयमा छुटेका दर्तावाला पसलहरुले पनि वडा तथा गाउँपालिकामा सिफरिस लिन सक्ने जनाइएको छ । 

गाउँपालिकाको वडा नं. ३ मा बुधबार र २, ४ र ५ मा बिहिबार र वडा नं १ मा  शुक्रबार अनुगमन गरिएको छ । अनुगमनमा किराना पसलहरुलाई मिति सकिएका सामान नबेच्न, पसलमा मुल्यसूचि टाँस्न, कोरोनाको समयमा खरिद बिक्री गर्दा भौतिक दुरी कायम गर्न र साबुन पानीले हात धोएर, स्यानिटाइजर तथा मास्क लगाएर खरिद बिक्रीको व्यवस्था गर्न समेत निर्देशन दिइएको छ । यो पटकको अनुगमणमा मुख्यत मौज्दात मात्र हेरिएकाले पछिल्लो अनुगमनमा, मिति सकिएको, दर्ता भए नभएको, कालोबजारी भए नभएको सबै साना तथा ठुला पसलहरु चेकजाँच गर्ने जनाइएको छ । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

IMG_5226-1585973235.JPG
IMG_5226-1585973270.JPG
IMG_5226-1585973293.JPG