nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रोटरीद्वारा विद्यालय भवन र छात्रबास शिलान्यास

मकवानपुरको सरिखेत गाविसमा रहेको सूर्याेदय माध्यमिक विद्यालयमा छात्राबाससहितका विद्यालय भवनको सिलान्यास गरिएको छ । 
रोटरी क्लव अफ तास्मानियाँ अष्ट्रेलियाको सहयोगमा रोटरी क्लव हेटौँडाले ४ कोठे विद्यालय भवन, ४ कोठे छात्रबास भवन र व्यवस्थित शौचालय बनाउन लागेको हो । सबै भौतिक पूर्वाधारहरुको निर्माण कार्यका लागि रोटरी क्लवका गभर्नर इलेक्ट रोटरियन सञ्जय गिरीसहितका पाहूनाहरुले भवनको शिलान्यास गरेका छन् । विद्यालयमा आयोजित समारोहका क्रममा जगमा इटा हालेर उनीसहितका रोटरी प्रतिनिधिहरुले भवनको शिलान्यास गरेका हुन् । 

शिलान्याससँगै अब भवनहरु धमाधम निर्माण सुरु हुने रोटरी क्लव अफ हेटौँडाले जनाएको छ । भवन निर्माणका लागि प्रत्यक्ष रुपमा रोटरीका प्रतिनिधिहरुको रोहबरमै काम हुने कार्यक्रम संयोजक हरिबहादुर महतले बताएन । 

शिलान्यास समारोहमा रोटरी क्लवका पास्ट डिस्ट्रिक्ट गभर्नर दिलेन्द्र श्रेष्ठ, बिष्णु कार्की, प्रफुल्ल प्रधान लगायतको सहभागिता थियो । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक काजीराम मुक्तानले विद्यालयको बस्तुपरिस्थितिसहित स्वागत गरेका थिए भने रोटरी क्लव हेटौँडाका मदन अधिकारीले भवन निर्माणका क्रममा भएका पहलहरु र आगामी दिनमा गतिविधिहरुका बारेमा जानकारी दिएका थिए । कार्यक्रम संयोजक महतले उपस्थित अभिभावक, विद्यार्थी तथा शिक्षकहरुलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गर्न सदैब रोटरी क्लव तयार रहेको बताएका थिए । कार्यक्रममा रोटरी क्लव हेटौँडा अन्य पदाधिकारीहरु र रोटरियनहरुको सहभागिता रहेको थियो ।