Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

रेडियो सन्देशको बम्पर अफर

logo1-1539583216.png

हेटौंडा/सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले दशैं बिशेष बम्पर अफरको घोषणा गरेको छ ।
असोज १ गतेदेखी प्रशारणमा आएको रेडियोले बिशेषगरी बिज्ञापनदाताहरुलाई लक्षित गरेर बम्पर अफर ल्याएको हो । १ बर्षसम्म नियमित रेडियोमा बिज्ञापन प्रशारण गर्ने बिज्ञापनदातालाई बिदेश भ्रमणमा लैंजाने रेडियोले उद्घोष गरेको छ ।

बार्षिक रुपमा नियमित बिज्ञापन दिने बिज्ञापनदाताहरुको व्यवसाय प्रवद्र्वन संगैं वैंदेशिक भ्रमणको पनि प्याकेज ल्याईएको सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष सुनिल खड्काले जानकारी दिनुभयो ।

पहिलो चरणमा कार्तिक महिनाभित्र बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई आउँदो बैंसाखमा बिदेश भ्रमणमा लगिने अध्यक्ष खड्काले बताउनुभयो । बिज्ञापन बजाउनको लागी स्विकृति भएकैं दिन बिदेश भ्रमणको लागी सहमती गरिने बताईएको छ ।

सबै बिज्ञापन दातालाइ निशुल्क मलेसिया, सिङ्गापुर, थाइल्यान्ड, युएई (दुबइ) अथवा इन्डोनेशिया (बाली) भ्रमणमा लगिने अध्यक्ष खड्को भनाई छ । बिगत १५ बर्षदेखी मकवानपुर जिल्लाबाट नियमित प्रकाशित हुँदैं आएको निकास साप्ताहिक र रेडियो सन्देशको सयुक्त आयोजनामा बिदेशमा नैं बिषेश कार्यक्रम पनि हुने खड्काले बताउनुभयो । उक्त कार्यक्रममा अध्यक्ष खड्काले आफ्नो पिताको स्मृतीमा स्थापना गरेको रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथैं बिभिन्न सामाजिक व्यक्तित्वहरुलाई सम्मान पनि गरिने बताईएको छ । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत प्रशारणमा आएको थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारणको आरम्भ भएको छ ।

रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह (रेडियो सन्देश १०६.९ मेगाहर्ज) का अध्यक्ष सुनिल खड्काले जानकारी लिनुभयो । बिल्कुलै नयाँ ढंगले रेडियो सञ्चालन गरिने खड्काको दाबी छ । रेडियो ले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिनुका साथैं आवाजको दुनियाँमा एउटा पृथक पहिचान बनाउने उधेश्य रहेको अध्यक्ष खड्काले बताउनुभयो ।

रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)