Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रुपचन्द्र विष्ट अर्को "बुद्ध" हुन् -डा. उपाध्याय

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टलाई प्राध्यापाक डा. गोविन्दशरण उपाध्यायले थाहाको बुद्ध भएको बताएकाछन् । उनले नेपालले दुई बुद्ध जन्माएकोमा एक रुपचन्द्र बिष्ट रहेको बताएका हुन् । उनले रुपचन्द्र नेपालका दोश्रो बुद्ध भएको बताउँदै उनको दर्शनलाई आत्मसाथ गर्न सके देश समृद्दिको अघि बढ्न सक्ने दावी गरे । उहाँले कवि लक्ष्मी प्रसाद देवकोटा, सन्त नेता कृष्ण प्रसाद भट्टराई र रुपचन्द्र विष्टलाई त्रिमुर्तिको संज्ञा दिदै उहाँहरुको जीवन आफ्ना लागि नभई जनताको हितको लागि समर्पण गरेको बताए । समकालिन राजनीति जनमुखी हुन नसकेको वक्ताहरुले बताएका छन् ।

विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ को १० औँ बार्षिकोत्सवको साताव्यापी कार्यक्रम अन्तर्गत आज गरिएको थाहा दर्शनको बारेमा समकालिन राजनीति कति जनमुखी विषयक अन्तरकृया कार्यक्रममा सहभागि वक्ताहरुले यस्तो बताएका हुन् । अहिलेका राजनीति मनमुखी, धनमुखी भएको समेत उनीहरुले आरोप लगाए । कार्यक्रमका रेडियोकी अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता तथा प्रा।डा। उपाध्यायको प्रमूख आतिथ्यमा सम्पन्न अन्तरकृयामा संस्कृतिविद् रामचन्द्र आचार्य फुर्सदी, धर्मराज राजथला, राजनीतिज्ञ सिताराम वर्तौला, सुवर्णध्वज गोतामे, निरञ्जन अधिकारी, सुकदेव रायमाझी, भिमसेन पौडेल विष्णुलाल श्रेष्ठ लगायतका वक्ताहरुको उपस्थिति थियो ।