Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

रुपचन्द्रको स्मृतिमा साहित्य महोत्सव

मकवानपुर थाहा नगरपालिका विकास घरमा प्रथम पालुङ साहित्य महोत्सव २०७६ भएको छ । थाहा नगरपालिकामा जन्मिएर जनमुखी राजनीति गरेका रुपचन्द्र विष्ट र उनका दर्शनलाई सम्झिदै उनको २० औं स्मृति दिवसको अवसर पारेर साहित्यिक प्रस्तुति सहित महोत्सव गरिएको हो ।
 
जनमुखी सहकर्मी शशी शेरचन  (स्वनाम साथी) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको सभाध्यक्षता रहेको थियो । 

कार्यक्रममा विभिन्न स्थानबाट आएका साहित्यकारहरुले मुक्तक, कबिता, गजल, गद्य, पद्य कविता वाचन गरेका थिए । थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषदको व्यवस्थापनमा सञ्चालित कार्यक्रममा साहित्यिक प्रस्तुति दिनुहुने श्रष्टाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साहित्यिक महोत्सवमा करिब ३० जना स्थानिय तथा राष्ट्रिय श्रष्टाहरुले समसामयिक विषय, रुपचन्द्र विष्ट र थाहाको विषयमा रचना प्रस्तुत गरेका थिए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।