Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

रुदानेको सम्झनामा शालिकमा माल्यार्पण

RUDANE-1592759617.jpg

रुपचन्द्र विष्ट (रुदाने) को २१ औं स्मृति दिवसको अवसरमा उनको जन्मथालो थाहानगरमा उननको सम्झनामा कार्यक्रम आयोजना गरिएको छ । थाहा नगरपालिकाको आयोजनामा शिखरकोट स्थित विकास घर प्राङ्गणमा रहेको उनको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको हो । शालिकमा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले माला लगाए । 

कार्यक्रममा नगर प्रमुख विष्टले रुपचन्द्र विष्टको जस्तो लुगा लगाएर, त्यस्तै लवजमा बोलेर वा नक्कल गरेर उहाँको अनुयायी नभइने बताए । रुपचन्द्र अर्थात रुदानको असल अनुयायी हुनको लागि उहाँले देखाएको बाटोमा हिड्ने र उनका भनाइलाई सार्थक तुल्याउने काम गरेर देखाउनु पर्ने बताए । 

थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टको सभाध्यक्षतमा भएको कार्यक्रममा उपप्रमुख खड्ग गोपालीले वर्षमा एक दुईदिन रुपचन्द्रको शालिकमा माला लगाउनु भन्दा पनि उनले देखाएको बाटो अनुरण गर्नु उहाँप्रतिको श्रद्धा हुने बताए । गोपालीले विष्टको योगदानको चर्चा गरेका थिए । रुपचन्द्र स्मारक स्थानीय समितिका संयोजक विमललकलुमार विष्टले रुपचन्द्रको योगदान विर्सन नहुने बताए । उनले भने–‘रुपचन्द्र विष्टले थालेको विकास अभियान होस या श्रम र शिक्षा सबैलाई व्यवहारमा उतार्न आवश्यक छ ।’ 

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का थाहानगर अध्यक्ष अरुण रायमाझीले रुपचन्द्र विष्टले स्थानीइसहित राष्ट्रिय स्तरमा पु¥याउनु भएको योगदानको चर्चा गरे । विष्टलाई सम्झँदै उनको मार्गलाई कार्यान्वयनमा ल्याउनु आवश्यक भएको रायमाझीको भनाइ थियो । कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सभागिता रहेको थियो । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०