Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राहत रकम बुझ्न सुचना मार्फत नै अनुरोध

commercial_bank-1527504343.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा एस.एन.आर.टि.पी. परियोजना मार्फत स्तरोन्नती भएको दामन–डाँडाबास सडक खण्डकमा जग्गा परेका जग्गा धनिहरुलाई राहत रकम बुझ्नको लागि आयोजकले सुचना मार्फत नै अनुरोध गरेका छन । जिल्ला समन्वय समिति र जिल्ला प्रबिधिक कार्यलय मकवानपुर अन्तर्गत राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत स्तरोन्नती कार्य भएको दामन–डाँडाबास सडकमा पर्ने जग्गाधनीहरुलाई स्तरोन्नतीको क्रममा सडकले जग्गा ओगटेको जग्गा धनीहरुलाई राहत रकम प्रदान गर्ने क्रममा रहत रकम लिन बाँकी रहेका जग्गाधनीहरुलाई सो सुचना मार्फत रकम लिन अनुरोध गरिएको हो । जग्गा धनीहरुलाई राहत स्वरुप ५ हजार प्रतिजग्गाधनीलाई दिने ब्यवस्था गरिएको छ । हाल सम्म उक्त सडक खण्डमा पर्ने करिब ८० जना मध्ये ५५ जनाले राहत रकम लिइसकेका छन भने २५ जनाले आफ्नो राहत रकम लिन बाँकी रहेको सामाजिक परिचालक जितेन्द्र के.सीले बताए ।
राहत लिन बाँकी रहेकाहरुले तत्काल दामन डाँडाबास सडक आयोजनाको सामाजिक परिचालक जितेन्द्र के.सीलाई मोबाइल नं. ९८४५४०४६०६ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।