Friday, 30th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

राष्ट्रियसभा सदस्य बिडारीले उठाए कुलेखानी संरक्षणको सवाल

उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा रहेको नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षणका लागि राष्ट्रिय सभामा आवाज उठेको छ ।

राष्ट्रिय सभा सदस्य तथा संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले राष्ट्रिय सभामा बुधबार बोल्दै कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षणका लागि सरकारसंग आग्रह गरेका हुन् ।

बिडारीले तालमा माटो भरिँदै गएकोले ड्याम खतरायुक्त बन्दै गएको भन्दै यसको संरक्षणमा ध्यान दिन सरकारलाई ध्यानाकर्षण गराएका हुन् । उनले भने, ‘भोली त्यो ड्याम तलमाथी भयो भने सर्लाही र रौतहटसम्म बाढी जानसक्छ र ठुलो धनजनको क्षति हुनसक्छ, त्यसैले अहिल्यै सचेत बन्नु आवश्यक छ ।’

उनले २०७२ को भूकम्प पछि चर्किएको ड्याम फुट्दा तलका क्षेत्रमा ठूलो क्षति हुने भएकाले बेलैमा सचेत हुन सरकारको ध्यानाकर्षण गराए ।

बिडारीले बज्रबाराही, चित्लाङ, मार्खु भञ्ज्याङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा काटिएको र त्यहाँ भइरहेका निर्माण कार्यहरु, उत्खननका कार्यले तालको जलाधार क्षेत्र सुक्दै गएको बताउँदैे त्यसतर्फ संरक्षण विशेष पहल गर्नुपर्ने माग गरे ।

साथै उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गर्ने प्रहरीमाथि फौजदारी अभियोगमा किन कारवाही गरिएन भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg