nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रपति भारत भ्रमणमा जाने र आउने दिन सार्वजनिक विदा

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी भारत भ्रमणमा जाने र आउने दिन ४ वैशाखमा सार्वजनिक विदा दिइने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको राजकीय भ्रमण तालिका स्वीकृत गर्दै जाने र फर्कने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।  

राष्ट्र प्रमुख कुनै पनि मुलुकको राजकीय भ्रमणमा जाने दिन सार्वजनिक विदा दिने चलन रहेकाले त्यसलाई निरन्तरता दिइएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय शंकर नायकले जानकारी दिए ।  भारत बसाईको क्रममा राष्ट्रपति भण्डारीले समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नुहुने छ ।

यस्तै राष्ट्रपति भण्डारी भारतमा हुने विभिन्न स्वागत समारोहमा सहभागी हुनुका साथै गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ । ५ दिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी आगामी शुक्रबार ८ वैशाखमा स्वदेश फर्कनुहुनेछ । उक्त दिन पिन सार्वजनिक विदा दिइने भएको छ ।