Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

राष्ट्रपति भण्डारीद्वारा जनकल्यणको स्वर्ण महोत्सव उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको थाहानगर स्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गरेकी छिन् । २१ माघमा विद्यालयमा भएको भएको महोत्सवको एक समारोहकाबीच उद्घाटन गरेकी हुन् । सो अवसरमा जनकल्याण माध्यमिक विद्यालयमा वि.सं. २०५९ बाट एसएसी उतीर्ण विद्यार्थीहरुको सयोगमा निर्माण भएको ‘स्वर्ण स्मारक स्तम्भ’का पनि राष्ट्रपति भण्डारीले अनावरण गरिन् । 

प्रतिनीधि सभा सांसद विरोध खतिवडा, प्रदेश सभा सांसद कुमारी मोक्तान, थाहानगर प्रमुख लवशेर विष्टको आतिथ्यमा भएको कार्यक्रममा विद्यालयमा रहेको कृषि प्रयोगशालाको पनि भण्डारीले उद्घाटन गरिन् ।

कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय झलकचन्द्र विष्टलाई मरणेपरान्त सम्मान तथा पूर्व प्रधानध्यापकहरु राष्ट्रपति भण्डारीद्वारा सम्मानित भएकाछन् । समारोहमा राष्ट्रपति भण्डारीलाई विद्यालयको तर्फबाट स्मृतिको चीनो प्रदान गरिएको थियो ।

कार्यक्रममा उपस्थित भएका अतिथीहरुलाई प्रधानाध्यापक सानोभाई कार्कीले स्वागत गरेका थिए । कार्यक्रम स्वर्ण महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्ताको सभाध्यक्षतमा भएको थियो । 

-अच्युत विडारी/थाहानगर
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०