nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राष्ट्रपतिकाे निर्वाचन फागुन २१ मा गर्ने सहमति

राष्ट्रपतिको निर्वाचन २१ फागुनमा गर्ने दलहरुबीच सहमति भएको छ । ३ फागुनमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन २१ फागुनमा गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा ९एमाले० का नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति घोषणा, निर्वाचनको तयारी, राजनीतिक संवाद संयन्त्र गठनलगायतका विषयमा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको आयोगले जनाएको छ । राष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।

जसमा संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ रहने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।  राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

छलफलमा नेकपा ९एमाले० का नेता अग्नि खरेल, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, डा। मीनेन्द्र रिजाल, नेकपा ९माओवादी केन्द्र०का नारायणकाजी श्रेष्ठ र प्रल्हाद बुढाथोकी, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो र केशव झा तथा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ र डा। शिवजी यादव सहभागी थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)