nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राप्रपाका अध्यक्ष कमल थापा असार २५ मा थाहामा आउने

मकवानपुरको थाहा नगरपालिकामा पुर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ( राप्रपा ) का अध्यक्ष कमल थापा आउने भएका छन् । थाहा नगरपालिका वडा नं २ फाँटबजारमा सञ्चालन भैरहेको श्रीमद् भागवत पितृमोक्ष धनधान्यान्चल सप्ताह बिराट ज्ञानमहायज्ञ २०७६ को कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्न यहि असार २५ गते पुर्व उप प्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापा थाहा नगरमा आउने भएका हुन् ।

मत्स्यनारायण माद्यामिक विद्यालयमा कक्षा ११ र १२ का साथै प्राबिधिक शिक्षा सञ्चालन र पाथीभरा लक्ष्मेश्वरी मन्दिर परिसरलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको हो । ज्ञान महायज्ञको समापन समारोह यहि असार २५ गते हुनेछ । 

असार १९ गते देखि सुरु भएको महायज्ञमा दैनिक रुपमा ११११ शालिग्राम दर्शन, नगद दान, महादन, जिन्सीदान, संगीतमय श्रीमद् भागवत कथा प्रवचन, तुलादान, जेष्ठ नागरिक सम्मान, कन्या पुजन, चौरासी पुजा, सामुहिक बर्तबन्ध, ग्रहशान्ती, लाखबत्ती, योगसिबिर तथा राष्ट्रिय कलाकारहरुबाट संगितमय भजन किर्तन लगायतका कार्यक्रमहरु सञ्चालन गरिएकोे छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।