nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

राक्सीराङ्ग गाउँपालिकाको बजेट पारित

मकवानपुर जिल्लाको राक्सीराङ्ग गाउँपालिकाको बजेट पारित भएको छ । गाउँ सभामा गत असार १० गते पेश भएको नीति तथा कार्यक्रम सहित बजेट पारित गरेको हो । कुल ४२ करोड ३३ लाख ७९ हजारको बजेट पारित गरेको राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । 

गाउँपालिकाले चालु तर्फ ५ करोड ३९ लाख १४ हजार रकम बिनियोजन गरेको थियो भने पूँजीगत तर्फ ३३ करोड ४४ लाख ६५ हजार तथा सामाजिक सुरक्षा तर्फ ३ करोड ५० लाख रकम बिनियोजन गरेकोमा सबै बिषयगत समितिहरुको छलफलपछि बजेट पारित भएको अध्यक्ष मल्लले बताए । खासगरी राक्सीराङ्ग गाउँपालिकाले कृषि, विद्युत, पर्यटन र पूर्वाधार राक्सीराङ्गको विकासको आधार नारा तय गरेको छ । यही नाराका आधारमा राक्सीराङ्ग गाउँपालिकालाई सम्मृद्ध बनाउन आफू लागि पर्ने अध्यक्ष मल्लले बताएका छन् । 

राक्सीराङ्ग गाउँपालिकाले आगामी आर्थिक बर्षमा आफ्नो गाउँपालिकामा रहेका समस्या पहिचान गरी कृषि, विद्युत लगायतका विषयमा समाधान गरी सम्मृद्ध गाउँपालिका बनाउन जुट्ने गाउँ सभाले निर्णय गरेको सूचना तथा प्रविधि अधिकृत अन्जन हटुवालले बताए । कार्यक्रमा गाउँपालिकाका अध्यक्ष मल्ल सहित उपाध्यक्ष निर्मला डिम्डुंग लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।