nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

युवा अभियानको सम्मेलनको तयारी तिब्र

नयाँ शक्ति नेपाल निकट राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम सम्मेलनको तयारी थालिएको छ । यहि पुस २३ गते हेटौंडामा हुने जिल्ला सम्मेलनबाट अध्यक्षसहित कार्यसमिति चयन गर्ने बताइएको छ । करिब हजार जना युवा प्रतिनिधि पर्यवेक्षक रहने सम्मेलनको तयारीको लागि विभिन्न ५ वटा उपसमितिसमेत गठन गरिएको छ ।

युवा अभियानको शनिबार बसेको बैठकले गोपिलाल बिकको संयोजकत्वमा आर्थिक उपसपसमिति गठन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजक हरिहर खतिवडालाई तोकिएको छ भने ब्यवस्थापन तथा अतिथि सत्कार उपसमितिको जिम्मेवारी अनोज गम्बालाई दिइएको छ । त्यस्तै स्वमसेवक परिचालन उपसमितिको संयोजकको जिम्मेवारी दिनेश चौलागाईले लिएका छन् भने प्रतिवेदन लेखन उपसमितिको संयोजकमा सुबोध रिमाललाई तोकिएको राष्ट्रिय युवा अभियानले जनाएको छ ।

युवा अभियान मकवानपुरका संयोजक सुबोध रिमालको अध्यक्षतामा भएको बैठकमा पार्टीका केन्द्रीय कार्यकारी समितिका सदस्य एवम् मकवानपुर उत्प्रेरक सविना अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा घरघरमा नयाँ शक्ति अभियान परिचालन समिति मकवानपुरका संयोजक विवेक वाइबालगायतको आतिथ्यता रहेको थियो ।