nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

युवाहरु बिच उदाहरणीय बन्दै इन्द्रसरोवरका युवा

yuba-1564893036.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका युवाहरु आफ्नो गाउँ विकासमा लागेका छन् । आर्थिक वर्ष २०७५/७६ को मसान्तमा परेको अविरल वर्षातले गर्दा गाउँमा बाढी पहिरोले अत्याधिक क्षति गरे पछि युवाहरु एकजुट भएर विकासका काममा लागेका हुन् । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ अर्थात साबिक फाखेल गाउँ विकास समति वडा नं ४ का करिब १ दर्जन युवाहरु मिलेर युवा शक्ति प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले बाढी पहिरोले क्षेदबिच्छेद भएका गाउँका गोरेटो बाटोहरु मर्मत गरेका छन भने हेटौँडा देखि सिस्नेरी हुँदै काठमाण्डौँ जोडने सडक, घैयाडाँडा– कफ्लेनी– भालुखर्क सडक र काँसीचौर– मानेडाँडा– सलेमले डाँडा सडकलाइ मर्मत गरी सवारी सूचारु गराएका छन् । पहिरोले विभिन्न स्थानमा ढलेका विद्युतको पोलहरु उठाउने काम पनी ति युवाहरुले गरेका छन् । साविक वडा नम्बर ४ को लप्सीखोला, लप्सीडाँडा, घैया डाँडा, गोठडाँडा, कफ्लेनी डाँडा, कासीचौर र सिस्नेरी देउरालीका जनसमुदायबाट प्रति घरधुरी २ हजारका दरले रकम संकलन गरी करिब साढे ३ लाख रुपैयाको लागतमा उक्त काम गरिएको हो । लगानीको  करिब ६० प्रतिशत जनसमुदायको रकमबाट लगानी गरिएको छ भने र बाँकी रकम युवाहरु मार्फत नै लगानी गरी काम गरिएको साविक टोल विकास समितिका सचिव कुमार बलले बताए ।

असार २९ गतेको भारी वर्षातले गाउँका प्राकृतिक र भौतिक संरचनाहरुको विनास गरेपछि युवाहरुकै अगुवाईमा पेम्बा पाख्रिनको अध्यक्षतामा बिपद व्यवस्थापन समिति गठन गरीएको थियो । सोही समितिको छलफल अनुसार कुमार बलको संयोजकत्वमा स्थानिय युवाहरु हरि थापा मगर, विकास लामा लगायतका युवाहरु मिलेर विकासका विविध कार्य गरिएको हो ।

गोरेटो तथा सडक मर्मत गरेपछि करिब १ करोड बराबरको लगानीमा स्थानियहरुले उत्पादन गरेका तरकारी शहर बजार सम्म पुर्याउन सहज भएको उनले बताए । बाढी पहिरो पछि गाउँमा उत्पादित तरकारीहरु धेरै नै कुहिए पछि हाल सडक सञ्जाल सुचारु भएपछि स्थानियलाई सहज भएको उनको भनाइ छ । बाढी पहिरो पछि कोही बिरामी परिहाले पनि एम्बुलेन्स समेत ल्याउन नसक्ने र स्थानियको तरकारी खेतीमा अत्याधिक नोक्सानी हुने भए पछि उनीहरु एकजुट भएका हुन् । यस्ता जुन सुकै विपदबाट बच्न युवा नै अग्रसर हुनुपर्छ, युवाहरु एकजुट भएमा जस्तो सुकै समस्या सँग पनि जुध्न सकिन्छ र यस्ता काममा युवाको भुमिका महत्वपूर्ण हुन्छ भन्ने सोचका साथ आफुहरु लागि परिरहेको उनले बताए । 
मर्मत सम्भारका काम सके लगतै समितिले अव बढी क्षति भएका गाउँमा क्षतिको तथ्याङ्क संकलनमा स्थानिय तहलाई सघाउने योजना रहेको समेत उनले बताए ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।