Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

युनिक बजार विकास समितिको अध्यक्षमा विष्ट

थाहा नगरपालिका वडा नम्बर ३ का किसानहरुको भेलाले कृषि उपजको बजार व्यवस्थित गर्ने उश्यले बजार विकास समिति गठन भएको छ । डाँडागाउँको कुट्कुटेश्वरीमा भएको भेलाले युनिक बजार विकास समिति गठन गरेको हो । समितिको अध्यक्षमा दिनेश विष्ट चयन भएका छन् । नौ सदस्यीय समिति गठन भएको हो ।

समितिको सदस्यहरुमा ज्ञानी विष्ट, बिना विष्ट, विष्णु विष्ट, इन्द्रजंग खड्का, बिमला विष्ट रहेका छन् । समितिमा जिल्ला कृषि विकास कार्यालय मकवानपुरका योजना अधिकृत सुजन कँडेल र कृषि प्राविधिक मधुसुदन आचार्य तथा नगरपालिकाको तर्फबाट प्रशासन शाखा प्रमुख अनिल लामिछाने रहेका छन् । 

जिल्ला कृषि विकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत काशीराज हमालको अध्यक्षतामा भएको भेलामा आकाशदेवी, चर्तुमुखी र जागरण तरकारी उत्पादक कृषक सहकारी समूहका पदाअधिकारीहरु, सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन) का जगत बजागाई, हरिध्वज लो, पत्रकार सुरजकुमार भुजेल, वडा नागरिक मञ्चका संयोजक इन्द्रजंग खड्का, कृषि सेवा केन्द्रका कृषि प्राविधिक मधुसुदन आचार्यलगायतकाको उपस्थिती रहेको थियो ।