nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यि हुन् मकवानपुुरका बाम गठबन्धनका उमेद्वार !

बाम गठबन्धनले मकवानपुर जिल्लामा प्रतिनिधि सभा सदस्यको तथा प्रदेश सभा सदस्यको उमेद्वारी टुङ्गो लगाएसंगै १६ कार्तिकमा उमेद्वारी दर्ता गराउँदैछन् । 

बाम गठबन्धनको सहमति अनुसार प्रतिनिधि सभा सदस्यका लागि मकवानपुरको सबै क्षेत्र एमालेले पाएको छ । प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा कृष्ण प्रसाद दहाल र क्षेत्र नम्बर २ मा बिरोध खतिवडाले उमेद्वारी दर्ता गराउँदैछन् । 

त्यस्तै प्रदेश सभातर्फ दुई/दुई क्षेत्र एमाले र माओवादी केन्द्रले बाँडेका छन् । सहमति अनुसार प्रतिनीधि सभा क्षेत्र नम्बर १ को ‘क’ मा माओवादीका प्रेम बहादुर पुलामी, ‘ख’ मा  डोरमणि पौडेल तथा प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ मा कुमारी मोक्तान र ‘ख’मा राजाराम स्याङ्तानले उमेद्वारी दर्ता गराउँदैछन् । 

यसरी हुँदैछ बाम गठबन्धनको उमेद्वारी दर्ता 

२०४६ सालको जनआन्दोलनको सफलतापछि निरन्तर कम्युनिष्टहरुको किल्ला बनेको मकवानपुरमा बाम गठबन्धन झन् बलियो हुँदै गएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका अन्य प्रगतिशील घटकहरुको एकता र बाम तालमेललाई प्रभावकारी बनाउनका लागि १५ कार्तिकमा विभिन्न संयुक्त बैठकहरु भएका छन् । १६ कार्तिकमा निर्बाचन कार्यालयमा मकवानपुरमा रहेका ४ प्रादेशिक क्षेत्र र २ वटा प्रतिनिधिसभा क्षेत्रका लागि उम्मेदवारी दर्तालाई भब्य बनाउने कसरत स्वरुप मुख्य दुई पार्टीबीच घनीभूत छलफल र संयुक्त बैठकहरु भएका हुन् ।

नेकपा एमाले जिल्ला कार्यालयमा भएको बैठकमा नेकपा माओवादी र एमालेका जिल्ला नेतृत्वबीच बाम तालमेलको पूर्ण कार्यान्वयनका लागि संयुक्त भेला भई उम्मेदवारी दर्ता गर्न जाने कार्यक्रम व्यवस्थित गर्ने सहमति भएको हो । एउटै ब्यानरमा बामशक्ति प्रदर्शनसहित निर्वाचन अधिकृत कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्ने तयारी दुबै दलले गरेका हुन् । उनीहरुले एकै नारा लगाउने, संयुक्त झण्डाहरु बोक्ने सहमति गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा शक्ति प्रदर्शनसहित भूटनदेवी चौरबाट भब्य जुलुस लिएर जाने तयारी भएको छ ।

बैठकमा नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्सालसहितका नेताहरु सहभागी भए भने माओवादी केन्द्रबाट केन्द्रीय पोलिट्ब्यूरो सदस्य एबम् जिल्ला इन्चार्ज कुमारी मोक्तान, जिल्ला संयोजक प्रेमबहादुर पुलामी, बलराम बल, प्रकाश पाण्डे लगायत नेताहरु सहभागी भएका थिए । बैठकले उम्मेदवारी दर्ता कार्यलाई व्यवस्थित र भब्य बनाउने भन्दै दुबै पार्टीका कार्यकर्ता र शुभचिन्तकहरुलाई उम्मेदवारी दर्ता कार्यमा सहभागी हुन आह्वान गरेको छ ।

यसैबीच दुबै पार्टीका जनसंगठनहरुबीच संयुक्त बैठकहरु सम्पन्न गरिएका छन् । बुधवार युवा संघ नेपाल र वाइसीएल नेपालको जिल्ला स्तरीय संयुक्त बैठक बसेको थियो । बैठकले आगामी निर्बाचनसम्म संयुक्त कार्यक्रम सञ्चालनका लागि सचिवालय निर्माण गरेको जनाइएको छ । कार्यक्रममा युवा संघका केन्द्रीय कोषाध्यक्ष हिदम लामा तथा वाइसीएलका केन्द्रीय सचिव प्रकाश पाण्डे लगायत केन्द्रीय तथा जिल्ला नेतृत्वले गठबन्धनको औचित्यबारे प्रष्ट पारेका थिए ।

यसैबीच प्रेस चौतारी नेपाल मकवानपुर र प्रेस सेन्टर नेपालको संयुक्त बैठक बसेको छ । बैठकले १४ सदस्यीय सचिवालय निर्माण गरेको छ । बामगठबन्धनलाई प्रचारात्मक प्रवद्र्धनका लागि संयुक्त सचिवालयले कार्ययोजना निर्माण गर्नेछ । बैठकको औचित्यबारे प्रेस चौतारीका केन्द्रीय सदस्य शिवकुमार काशीले प्रष्ट्याएका थिए भने आगामी कार्ययोजनाबारे प्रेस सेन्टरका ३ प्रदेश अध्यक्ष सुनिल खड्का, चौतारीका केन्द्रीय सदस्य राजन दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, पूर्व अध्यक्ष कौशल पाण्डे, नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख कमानसिं पाख्रीन पृथक, नेकपा एमालेका जिल्ला सचिव एबम् प्रचार विभाग प्रमुख एकालाल श्रेष्ठ लगायतले बाम गठबन्धनको औचित्य र आवश्यकताबारे मन्तब्य ब्यक्त गरेका थिए ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)