nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

यस्तो छ थाहानगरमा अटोको दादागिरी, भाडामा मनपरी

पत्रकार : हेल्लो 
अटो वाला : हजुर
पत्रकार : कता हुनुहुन्छ ?
अटो वाला  : म शिखरकोट भन्ने ठाउँमा हो हजुर ।
पत्रकार : शिखरकोटमा, फुर्सदमै हुनुहुन्छ कि के छ ?
अटो वाला : ए..sss २४ सै घण्टा फुर्सदमै हो हजुर, तपाइहरुको सेवामा ।
पत्रकार : २४ सै घण्टा फुर्सदमा हो ?
अटो वाला : हजुर–हजुर कहाँ पुग्न जान पर्ने हो ?
पत्रकार : सुन्नु न म दामन तिर, के छ दामनबाट शिखरकोट आउने जानेको  रेट ?
अटो वाला : त्यही हो नि ? दामनबाट यता आउने र यताबाट दामन जाने उस्तै उस्तै हो रेट ।
पत्रकार : फेरी तपाइहरु खाली आउनुपर्छ होला के छ रेट फरक पर्छ कि के ?
अटो वाला : अँ यताबाट खाली आउनुपर्ने हुन्छ । दामन कहाँ निर भन्नुस त ? 
पत्रकार : दामन यहाँ भ्यूटावर निरै     हो ।
अटो वाला : भ्यू टावरमै हो ? कति जना त्यहाँबाट आउने ?
पत्रकार : आउने त एक जना नै हो ।
अटो वाला : एक जना नै हो ? ५ सय दिनु न ।

(शिखरकोटदेखि दामन सम्मको दुरी जम्मा ९ किलोमीटर रहेको छ।)

...

यो कुराकानी हामीले फोन मार्फत गरेका हौं । (अडियो सुरक्षित छ) थाहा नगरपालिकाको शिखरकोटलाई केन्द्र बनाएर नगरमा एक दर्जन बढि अटो संचालनमा रहेका छन् । यि अटो व्यवशायीहरुको भाडा दर आ–आफ्नै छ । हामीले शिखरकोटबाट बज्रवाराहीसम्म अटोमा गएको एक सयदेखि पाँचसय रुपियाँसम्म लिएको पायौं । त्यो पनि उनै अटो चालकहरुले स्वीकारेका छन् । एकजना अटो चालकले भने–‘हामी त पाँच सय नभई जाँदैनौं, एकसय रुपियाँमा लैजाने पनि छन् ।’

थाहानगरमा संचालनमा आएको अटोहरुको भाडादरमा एकरुपता नहुँदा स्थानीय यात्रुहरुलाई मर्का परेको छ । थानाबजारबाट शिखरकोट जानको लागि ठीक्क परेका एकजना यात्राुलाई हामीले सडकमै भेट्यौं । उनी अटो चालकसंग भाडाको विषयमा गलफती गरिरहेका थिए । थानाबजारबाट शिखरकोट पुगेको २० रुपियाँ भाडा मागेपछि ति यात्रु बार्गेनिङ गर्दै थिए । तर अटो चालक अरुले ४० रुपियाँसम्म लिने आफूले सस्तोमा लगिदिने भन्दै थिए । यात्रुले अटो चालकलाई मिटर राख्नुपर्ने भने भनेपछि ति चालकले जवाफ फर्काए–‘ट्याक्सीमा त छैन, अटोमा ?’ कुरो नमिलेपछि यात्रुले त्यो अटो छोडिदिए । थानाबजारबाट शिखरकोटको दुरी करिब २ किलोमीटर छ । 

हामीले यो समाचार तयार पार्दा अटोमै यात्रा ग¥यौ, अटोलाई भाडा ति¥यौ महशुस ग¥यौ, यो अटोको यात्रा अति नै महंगो रहेछ । पटक–पटक बार्गेनिङ गर्दा पनि चालकहरु भाडा घटाउन मान्दै मान्दैनन् । यतिसम्म कि पत्रकारले अटो किन्देको हो र ? भन्दै बजारमा भन्न समेत पछि परेनन् । अहिले थाहानगरमा यति संख्यामा अटो संचालनमा छ भन्ने कुरा न स्थानीय सरकारलाई थाहा छ न अटो व्यवशायीको आधिकारिक छाता संठगन नै नगरमा क्रियाशील छ । अहिले त अटो चलेको चल्यै, भाडा बढेको बढ्यै मात्र छ । परिणमतः यात्रुहरु ठगिएको ठगियै छन् ।

हामीलाई एक अटो व्यवशायीले बज्रवाराहीबाट शिखरकोटसम्म तीनजना आएको भाडा पाँचसय रुपियाँ मागे । शिखरकोटबाट पालुङ खाल्डे बजारसम्म पुग्नको लागि ३ सय रुपियाँ नभई चल्दै नचल्ने ढिपी गरे । उनले दामन गएको पाँचसय रुपियाँ लाग्ने बताए । हामीले महंगो भयो भनेर निकै बार्गेनिङ ग¥यौं ती अटो चालकले भने–‘महंगो हैन एकदमै मिलाएर भनेको, त्यहाँ भन्दा सकिदै सकिदैन हजुर ।’ अटो व्यवशाय अहिले व्यवशायिक दृष्टिकोणले असाध्यै चालु व्यवशाय भएको छ । एक अटो चालकलाई फोन गर्दा निकै प्याक भएको बताए । कतिपयले फोन नै काटे । एक चालकले भने–‘म प्याक छु, फेरी शिखरकोटबाट तीनजना र भूराभूरी पनि छ रे, पछि फोन गर्नुस् ।’ यो कुराकानीबाट के थाहा हुन्छ भने अटोले क्षमता भन्दा बढि यात्रु पनि बोक्ने गरेको छ । अटो तीनजनाको यात्रु सिट भएको सवारी हो । हामीले शिखरकोटबाट फेदीगाउँ जानको लागि लाग्ने भाडा ति चालकलाई पनि सोध्यौ र जवाफ पायौं–‘तीनसय रुपियाँ त लाग्छ हजुर ।’ ति चालकले बज्रवाराही जान पाँचसय रुपियाँ लाग्ने बताउँदा सोध्यौ त्यो भन्दा कम हुन्न ? जवाफ दिए–‘हामीभन्दा सस्तो पनि छ, बज्रवाराहीको बुढाहरुले सय/सयमै लान्छ ।’ हामीले ति चालकहरुको नम्बर माग्यौं, दिदै दिएनन् । यो कुराले अरुकै अटोमा जालान् चिन्ता अर्को चालकलाई लाग्दो रहेछ । यद्यपि कतिपय रुटको भाडा दर सबै अटो चालकले एउटै बताइरहँदा आन्तरिक मिलेमतो पनि देखिन्छ । 

थाहानगरमै संचालनमा रहेको एउटा अटोलाई हामी दुईजनालाई टिष्टुङ देउराली वर नै पुग्नको लागि भाडादर सोध्यौं । पाँचैसय रुपियाँ भाडा चाहिने बताए । उनले भने–‘अरुमा पनि जानू पाँचसय रुपियाँ भन्दा नदिनू ।’ हामीले बार्गेनिङ ग¥यौ ति चालकले आफूलाई संरक्षण गर्दै जवाफ दिए–‘हामी ३/४ वटा अटो मात्र छौं पाँचसयमा मान्ने अरुले त टेर्दै      टेर्दैनन् ।’ 

– (यो समाचारसंग सम्बन्धीत अडियो हामीसंग सुरक्षित छ)



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)