Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस्तो छ इन्द्रसरोवरको ५ वटै वडाको राहत वितरण फेरिस्त

rahat-1-1586447941-1586450797.jpg

इन्द्रसरोवर गाउँपालिकामा हाल राहत वितरणको कार्य भैरहेको छ । दैनिक ज्याला मजदुरी गरेर खाने तथा दैनिक गुजारा चलाउन समस्या हुने नागरिकहरुलाई राहत वितरण गर्ने सरकारको योजना अनुरुप गाउँपालिका भित्र राहत वितरणको काम भैरहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाको वडा नं १ मा भने भोली शुक्रबारदेखि मात्र राहत वितरण गरिने वडा अध्यक्ष जमान सिं वाईवाले जानकारी दिए । भोलीबाट राहत पाउनेमा ६९ जनाको नामवली रहेको उनले बताए ।

वडा नं २ कुलेखानीमा आज बिहिबार सम्म ३८ जनालाई राहत वितरण गरिएको वडाअध्यक्ष राजुमान महर्जनले बताए । थप ३ जना भने राहत लिन नआएको र उनीहरुलाई भोलीका दिनामा वितरण गरिने उनले बताए । इन्द्रसरोवर गाउँपालिका वडा नं ३ सिस्नेरीमा पनि सरकारको मापदण्ड भित्र पर्ने ९ जनालाई राहत वितरण गरिएको वडा अध्यक्ष चिरञ्जिवी पौडेलले जानकारी दिए । वडा नं ४ मा भने ५ घरलाई मात्र राहत वितरण गरिएको वडा अध्यक्ष धनविर स्याङ्तानले बताए । राहत वितरणको कामले नागरिकलाई विवादमा ल्याउने भएकाले आफुले राहत भन्दा पनि स्वास्थ्य सुरक्षा सामाग्रीको लागि पहल गरिरहेको बताए ।

यस्तै वडा नं ५ मा भने चैत्र २४ गते बसेको बैठक अनुुसार चैत्र २५ गते वडाका १४ घरपरिवारलाई राहत वितरण गरिएको वडा अध्यक्ष धनराज महर्जनले जानकारी दिए अब तत्कालै वडा समितिको बैठक बसेर दोस्रो चरणको राहत वितरण गरिने योजना रहेको उनले बताए ।

इन्द्रसरोवर गाउँपालिकाको राहत प्याकेज र संघीय सरकारको मापडण्द अनुसार गाउँपालिकाको ५ वटै वडामा राहत वितरणको कार्यक्रम सञ्चालन भैरहेको छ ।  राहत वितरण गर्दा कुपन सिस्टमबाट गरिएको छ भने सरकारले निर्धारण गरेको मापदण्ड भित्र पर्ने नागरिकलाई मात्र राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।