Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

यस्तो छ, प्रदेश–३ को मन्त्रीपरिषद् बैठक निर्णय

तीन नम्बर प्रदेशको १६ फागुनमा सम्पन्न मन्त्रीपरिषद बैठकले विभिन्न चारवटा निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको सात सदस्यीय मन्त्रीपरिषद्ले कानुन मस्यौदा समिति गठन, नयाँ कानुन बनाउने अवधारणाको ढाँचा स्वीकृत, केहि सार्वजनिक लिखित प्रमाणीकरण सम्बन्धमा बनेको विध्येक २०७४ को सैद्धान्तिक सहमति र राजपत्रको ढाचा स्वीकृत तथा प्रकाशन विषयमा निर्णय भएको मुख्यमन्त्री पौडेलले बताए ।