nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

यसरी शुभारम्भ भयो थाहा बसपार्क 


मकवानपुरको थाहा नगरपालिकामा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । वडा नं. ४ स्थित नार्खुढाँडमा बसपार्क निर्माणका लागि सडक ट्रयाक खनिएको छ । 

थानाबजार नजिकै रहेको ४८ रोपनी क्षेत्रफलमा बसपार्क निर्माणका लागि प्रक्रिया अघि बढाइको हो । नगरको गौरबको योजनाको रुपमा अघि बढाइएको बसपार्कका लागि थाहा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा ३० लाख, मकवानपुर प्रतिनीधि सभा–२ का सांसद विरोध खतिवडा मार्फत संचालन हुने स्थानीय पूर्वाधार साँझेदार कार्यक्रम अन्तर्गत ५० लाख रुपियाँ विनियोजन भएको छ । 

गाउँ विकास समितिदेखि कै अवधारणा रहेको थाहा बसपार्कको निर्माणलाई स्रोत अपुग रहेको जानकारी गराउँदै यसलाई समयमै निर्माण सक्ने नगर प्रमुख लवशेर विष्टको प्रतिवद्धता छ । बसपार्ककाृ विस्तृत परियोजना प्रस्ताव तयार गरेर वृहत्त योजनाको साथ निर्माण गर्ने थाहा नगरपालिकाको योजना रहेको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)