nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरबासीको सपना साकार, बन्ने भयो "शीतभण्डार"

मकवानपुर थाहा नगरपालिकामा शीतभण्डार निर्माणका लागि सम्झौता भएको । थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको काला भैरब चौरमा शीत भण्डार निर्माणका लागि थाहा नगरपालिका कार्यालय र थाहानगर शीत भण्डार विशिष्टीकृत सहकारी संघ बीच २१ जेठमा सम्झौता भएको हो । पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा एक समारोहकाबीच शीतभण्डार निर्माणका लागि १५ करोड ६६ लाख ७१ हजार ११५ रुपियाँमा सम्झौता भएको हो । 

थाहा नगरपालिका कार्यालय र थाहानगर शीत भण्डार विशिष्टीकृत सहकारी संघ बीच सम्झौताको एक । फोटो विकासखबर

सम्झौतापत्रमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघको तर्फबाट संयोजक बिमल कुमार ढकाल, संचालक राजेश केसी र महेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।  सम्झौता पत्रमा थाहानगर शीतभण्डार विशिष्टीकृत

                                     -सम्झौतापत्र । 

सहकारी संघका प्रतिनीधि राजेन्द्र विडारी र फणिन्द्रनाथ सुवेदी रोहवर रहेका छन् । शीतभण्डारका लागि कुल लागतको ६० प्रतिशत रकम नेपाल सरकार सहकारी मन्त्रालयबाट प्राप्त हुने भएको छ । मन्त्रालयबाट चालु आर्थिक वर्षमा नै ५० लाख रुपियाँ प्राप्त भइसकेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । निर्माण सम्पन्न गर्न लाग्ने कुल ४० प्रतिशत रकम मध्ये ४ करोड ४० लाख रुपियाँ थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघले व्यहोर्ने सम्झौता पत्रमा उल्लेख छ । संघले व्यहोर्ने रकमबाट नपुग रकम थाहा नगरपालिकाले अनुदान स्वरुप प्रदान गर्ने सम्झौता भएको छ । 

शीतभण्डार निर्माणका लागि विभिन्न ९ बुँदामा भएको सम्झौता अनुसार थाहा नगरपालिकाले व्यवस्थापन र संचालन गर्न संरक्षकको रुपमा रहने उल्लेख गरिएको छ । निर्माण सम्पन्न भएपछि नगरपालिकाले थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघलाई प्रोजेक्ट हस्तान्तरण गर्ने र स्वामित्व समेत सहकारी संघकै हुनेछ । शीतभण्डार निर्माणको प्रोजेक्टको अनुगमन थाहा नगरपालिका, थाहानगर शीतभण्डार विशिष्टीकृत सहकारी संघ र जिल्ला सहकारी संघको समेत हुने सम्झौता पत्रमा लेखिएको छ । शीतभण्डार दुईवर्ष भित्रमा निर्माण सक्ने लक्ष्य लिइएको छ । ‘कृषि र पर्यटन र पूर्वाधार, थाहानगरको विकासको आधार’ भन्ने नारा सहित अघि बढिरहेको नगरपालिकामा शीतभण्डार निर्माणका लागि सम्झौता हुनु महत्वपूर्ण उपलब्धी भएको नगर प्रमुख लवशेर विष्टले प्रतिक्रिया दिए । भरपूर अनुगमन र व्यवस्थापनमा समेत सहयोग गर्दै छिटो भन्दा छिटो निर्माण कार्य सक्ने प्रमुख विष्टको भनाइ छ । शीतभण्डार निर्माणपछि किसानहरुले प्रत्येक्ष रुपमा फाइदा पाउने विष्टले विश्वास व्यक्त गरे । 
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।