nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

यसरी पुग्न सकिन्छ थाहानगरको ‘टिष्टुङ महोत्सव’ 

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ सरस्वती बजारमा संचालन हुने टिष्टुङ महोत्सव–२०७५ को अवलोकन गर्नका लागि कसरी पुग्न सकिन्छ भन्ने जिज्ञासा अवलोकनकर्ताको मनमा आउनु कुनै नौलो कुरो होइन । ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले भरिपूर्ण टिष्टुङ जो कोहीका लागि मन लोभ्याउने ठाउँको रुपमा परिचित छ । 

स्थानीय ‘पर्यटकीय प्रडक्ट’ लाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको स्थानीयहरुको अग्रसरतामा आयोजना गरिएको महोत्सवको विशेष आकर्षण रहेको छ । यहि असोज २४ देखि २७ गतेसम्म संचालन हुने महोत्सवमा पुग्नका लागि  काठमाण्डौबाट काठमाडौं–थानकोट–चित्लाङ हुँदै २३ किलोमीटरको दुरीमा पुग्न सकिन्छ । 

त्यस्तै काठमाडौं–नौबिसे हुँदै बाईरोडबाट  ६५ किमी किलोमीटरमा पुग्न सकिन्छ भने काठमाडौं–मातातिर्थ–चखेल कुलेखानी हुँदै करिब ३५ किलोमीटरको दुरीमा टिष्टुङ पुग्न सकिन्छ । हेटौंडाबाट पनि ६७ किलोमीटरको दुरीमा टिष्टुङ पुग्न सकिन्छ । त्यस्तै काठमाडौं–फर्पिङ–कुलेखानी हुँदै सजिलै पुग्न सकिन्छ ।

महोत्सव २४ असोज विहान ११ बजे प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । टिष्टुङ महोत्सवमा १ सय ६० स्टल रहने छन्् भने चार दिनमा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)