Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मेला गएकी किशोरीको सामूहिक बलात्कार

balatkar-1540283559.png

दशैंको अवसरमा मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ । पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् आइतबार राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् । त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् । घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।online khabar बाट